ज्योतिष शास्त्र विभिन्न सांस्कृतिक, धार्मिक र व्यक्तिगत दृष्टिकोणबाट महत्वपूर्ण छ । ज्योतिष शास्त्र एक वैज्ञानिक अध्ययनभन्दा बढी एक जीवनशैली हो, जसले व्यक्तिलाई मानसिक शान्ति, आत्मविश्वास र भविष्यप्रति स्पष्टता प्रदान गर्छ । यसलाई विश्वास र सावधानीपूर्वक प्रयोग गर्दा मात्र सही लाभ प्राप्त हुन्छ ।
यसको महत्वलाई निम्न तरिकाले हेर्न सकिन्छ:
१. जीवनको मार्गदर्शन
ज्योतिष शास्त्रले ग्रह, तारा र नक्षत्रहरूको स्थितिको आधारमा व्यक्तिको जन्म कुण्डली विश्लेषण गरी जीवनका विभिन्न पक्षहरू जस्तै– करियर, विवाह, स्वास्थ्य र शिक्षाको विषयमा मार्गदर्शन प्रदान गर्छ।
२. भविष्यवाणीको माध्यम
भविष्यमा हुन सक्ने सम्भावित घटनाहरूको आँकलन गर्न ज्योतिष शास्त्र उपयोगी मानिन्छ । यसले व्यक्तिलाई सजग र सचेत रहन मद्दत गर्छ ।
३. समस्याको समाधान
जीवनमा आइपर्ने समस्याहरू जस्तै– आर्थिक संकट, वैवाहिक समस्या वा अन्य बाधाहरूको समाधान खोज्न ज्योतिष शास्त्रमा विभिन्न उपायहरू (मन्त्र जप, रत्न धारण, हवन, पूजा आदि) प्रदान गरिन्छ ।
४. सांस्कृतिक र धार्मिक महत्व
धेरै हिन्दू परम्परामा शुभमुहूर्त निर्धारण, विवाह, नामकरण, गृह प्रवेश र अन्य धार्मिक कार्य ज्योतिष शास्त्रको आधारमा गर्ने गरिन्छ ।
५. आत्मचिन्तन र सुधारको माध्यम
ज्योतिष शास्त्रले व्यक्तिलाई आफ्नो सकारात्मक र नकारात्मक पक्षबारे जान्न सहायता गर्छ । जसले आत्मसुधार र व्यक्तित्व विकासमा सहयोग पु¥याउन सक्छ ।
६. प्राकृतिक घटनाको अध्ययन
ज्योतिष शास्त्रले खगोलीय घटनाहरू (ग्रहण, ग्रहहरूको स्थिति, आदि) को अध्ययन गरेर यसको प्रभावलाई व्याख्या गर्छ ।
राशिः मालिक ग्रह, संज्ञक, तत्व
प्रतिक्रिया