पत्रकार महासंघलाई मिडिया एलायन्सको ध्यानाकर्षण


काठमाडौं ।


नेपाल पत्रकार महासंघलाई मिडिया एलायन्स नेपालले ध्यानाकर्षण गराएको छ । नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन २८ गते अर्थात भोलि शुक्रबार हुँदैछ ।

उक्त निर्वाचनका लागि नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाको कार्यसमिति गठनकाे क्रममा राजधानी दैनिक प्रतिष्ठान शाखाको कार्यसमिति गठन प्रक्रियाबारे सम्बन्धित सञ्चार प्रतिष्ठानलाई कुनै पनि जानकारी नगराई, सञ्चार प्रतिष्ठानसँग आबद्ध नभएका व्यक्तिहरूले मनपरी ढंगले कार्यसमिति निर्माण गरेको विषयलाई लिएर मिडिया एलायन्स नेपालले ध्यानाकर्षण गराएको हो ।

महासंघको महाधिवेशनको बहानामा सञ्चार प्रतिष्ठानमा आबद्ध नै नभएका व्यक्तिहरुसहितको प्रतिष्ठान शाखाको कार्यसमिति गठन प्रक्रियाप्रति यस मिडिया एलायन्स घोर आपत्ति जनाएको छ ।

सञ्चार प्रतिष्ठानसँग कुनै पनि किसिमको सहकार्यबिना र आबद्ध नभएका व्यक्तिहरुको सहभागितामा गठन भएको नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखालाई मिडिया एलायन्स आबद्ध कुनै पनि सञ्चार प्रतिष्ठानले मान्यता नदिने प्रस्ट पारेको छ ।

महासंघको २७ औं महाधिवेशनको पूर्ण सफलताका साथ सम्पन्न गर्नका लागि शुभकामना दिँदै सञ्चार उद्योग क्षेत्रलाई अझै व्यवस्थित र व्यावसायिक बनाउन मिडिया एलायन्स नेपाल सधैं नेपाल पत्रकार महासंघसँग समन्वय, सहयोग र सहकार्य गर्न तयार रहेको जनाएको छ ।

मिडिया एलायन्सको प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनबाट पारित निर्णयअनुसार २८ गते हुने निर्वाचनका लागि भनी नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखाको कार्यसमिति गठन गर्ने क्रममा राजधानी दैनिक प्रतिष्ठान शाखाको कार्यसमिति गठन प्रक्रियाबारे सम्बन्धित सञ्चार प्रतिष्ठानलाई कुनै पनि जानकारी नगराई, सञ्चार प्रतिष्ठानसँग आबद्ध नभएका व्यक्तिहरूले मनपरी ढंगले कार्यसमिति निर्माण गरेको सम्बन्धमा यस मिडिया एलायन्स नेपाललाई जानकारीसहित ध्यानाकर्षण हुन आएको छ ।

नेपाल पत्रकार महासंघको महाधिवेशनको बहानामा सञ्चार प्रतिष्ठानमा आबद्ध नै नभएका व्यक्तिहरुसहितको प्रतिष्ठान शाखाको कार्यसमिति गठन प्रक्रियाप्रति यस मिडिया एलायन्स घोर आपत्ति प्रकट गर्दछ र नेपाल पत्रकार महासंघलाई यसअघि पनि सो सम्बन्धमा जानकारी गराएको पुनः स्मरण गराउँदछौं ।

सञ्चार प्रतिष्ठानसँग कुनै पनि किसिमको सहकार्यबिना र आबद्ध नभएका व्यक्तिहरुको सहभागितामा गठन भएको नेपाल पत्रकार महासंघ प्रतिष्ठान शाखालाई मिडिया एलायन्स आबद्ध कुनै पनि सञ्चार प्रतिष्ठानले मान्यता दिन बाध्य नहुने कुरा प्रस्ट पार्न चाहन्छौं ।

नेपाल पत्रकार महासंघको यही मंसिर २८ गते हुने २७औं महाधिवेशनको पूर्ण सफलताका साथ सम्पन्न गर्नका लागि हार्दिक शुभकामना दिँदै सञ्चार उद्योग क्षेत्रलाई अझै व्यवस्थित र व्यावसायिक बनाउन मिडिया एलायन्स नेपाल सधैं नेपाल पत्रकार महासंघसँग समन्वय, सहयोग र सहकार्य गर्न तयार रहेको पनि जानकारी दिलाउन चाहन्छौं ।

दिरेकलाल श्रेष्ठ
महासचिव