काठमाडौं ।
काठमाडौं त्रिभुवन विश्वविद्यालयको आजको त्रिविसभा(सिनेट) बैठक स्थगित भएको छ ।
बैठकमा प्रस्तुत भएको ऐजेण्डा भद्रगोल रुपमा अघि बढाएपछि कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ७ गते बस्नेगरी स्थगित गरेका छन् ।
बैठकमा कर्मचारी र शिक्षकको विषय उठान गरी प्रस्तुत गरेको एजेन्डामा विवाद भएपछि बैठक स्थगित भएको हो ।
कुलपति ओलीले भने –अहिलेसम्म त्रिबिको सिनेटको बैठक यस्तो देखिन, अब समस्या समाधान हुनेगरी ७ गते बैठक बस्नेछौँ । उनले बैठकमा १५ दिन अगाबै ऐजेण्डा नदिएकोमा दु:ख व्यक्त गरेका छन् ।
बैठकमा बोल्दै कुलपति प्राडा केशरजंग बरालले त्रिबि सभा सदस्यलाई १५ दिनअघि ऐजेण्डा उपलब्ध गराउन नसकेकोमा माफि चाहन्छु भने । उनले अबको बैठकमा यस्यो नहुने प्रतिबद्धता व्यक्त गरे।
बैठक स्थगित भए लगत्तै कर्मचारीले त्रिबिका तीनै जना पदाधिकारीलाई घेराउ गरेका छन् । कर्मचारीको सल्लाह नगरी एजेन्डा अघि बढाएको आरोप लगाउदै पदाधिकारी घेराउ गरेका हुन् ।
प्रतिक्रिया