प्रधान सेनापति सिग्देल र भारतीय स्थल सेनाध्यक्ष द्विवेदीबिच भेटवार्ता


काठमाडौं ।

भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोक राज सिग्देलले आज बुधबार भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

साथै, प्रधान सेनापतिले भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चीफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् ।

आजै, प्रधान सेनापति सिग्देलले भारतको नयाँ दिल्ली स्थित राष्ट्रिय समर स्मारक मा पुष्प गुच्छा चढाई वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

त्यसै गरी उनको सम्मानमा भारतीय सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।