दशैंमा नोट सहटी २५ अर्बले घट्यो, राष्ट्र बैंकको डेढ अर्ब जोगियो


काठमाडौं ।


यस वर्षको दशैंमा नोट सटही करिब २५ अर्ब रुपियाँ कम भएको छ । अघिल्लो वर्षको दशैंमा २९ अर्ब रुपियाँको नोट सहटी भएकोमा यस वर्ष जम्मा ४ अर्बमा सीमित भएको छ । नोटको मौज्जदात रहेको भन्दै नेपाल राष्ट्र बैंकले यस वर्ष नोट नोट सटही नगरी सुकिला नोट साट्ने व्यवस्था गरेपछि नोट साट्ने घटेका हुन् ।


राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार यस वर्ष राष्ट्र बैंक मातहतका कार्यालयबाट करिब दुई अर्ब र सोही बराबरमा अन्य बैंक तथा वित्तीय संस्थाबाट नोट सटही भएको अनुमान छ । गत वर्षको दशैंमा नयाँ नोट मुद्रणका लागि नेपाल राष्ट्र बैंकले डेढ अर्ब खर्च गरेको थियो । हरेक वर्ष राष्ट्र बैंकले नोट छपाइका निम्ति करिब ६ रुपियाँ खर्च गर्दै आएको छ ।


नोट प्रयोगकर्ताले जतनसाथ नराख्दा नेपाली नोट छिट्टै बिग्रिने गरेका छन् । दशैंमा नयाँ नोट प्रयोग गर्दा पुराना नोट बैंकमै थन्किने र खर्च बढ्दै गएपछि यसपटक नयाँ नोट सटही रोकिएको हो ।