काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिस्री


काठमाडौं ।

भारतीय विदेश सचिव विक्रम मिस्री काठमाडौं आइपुगेका छन्। आफ्नो दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आएका उनी केहीबेर अघि मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

भारतीय विदेश सचिव मिस्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेकी थिइन्। परराष्ट्र मन्त्रालयका अनुसार दुवै देशका परराष्ट्रसचिवबीच नेपाल–भारत सम्बन्ध र पारस्परिक हितका विविध विषयका साथै आपसी सहयोगलाई विस्तार गर्ने सम्बन्धमा छलफल हुने छ।

साथै भारतका विदेशसचिवले नेपाल सरकारका विशिष्ट व्यक्तिहरूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम छ। विदेश सचिव मिस्री भोलि साउन २८ गते स्वदेश फर्कने छन् ।