ट्रान्सजेन्डर खेलिफलाई गोल्ड


एजेन्सी ।

जारी पेरिस ओलम्पिकमा विवादित ट्रान्सजेन्डर अल्जेरियाली बक्सर इमान खेलिफले गोल्ड मेडल जितेकी छन। शुक्रबार राति भएको महिला ६६ केजी तौलसमूहको फाइनलमा उनले चीनकी यान्ग लिउलाई यूनानिमोस डिसिजनको आधारमा हराउँदै गोल्ड मेडल जितेकी हुन।

उनले चिनियाँ विश्व च्याम्पियन याङ लिउलाई तीन राउन्डको प्रतिस्पर्धामा पराजित गर्दै वेल्टरवेटको स्वर्ण कब्जा गरिन् । सबै पाँच जना निर्णायकले उनको पक्षमा अंक दिएका थिए । नतिजा सार्वजनिक भएपछि याङले पनि खेलिफको हात उठाइदिएकी थिइन् ।

२५ वर्षीय खेलिफले उक्त भिडन्तमा एकतर्फी खेल प्रदर्शन गर्दै सफलता हात पारेकी हुन्। जितपछि उनले खेलस्थलमै नाचेर खुसी ब्यक्त गरिन् । त्यसपछि उनले आफ्ना प्रशिक्षकलाई अँगालो हालिन्। अल्जेरियाको राष्ट्रिय गान बज्दा उनको आँखाबाट आँसु बगेको थियो ।

यसअघि प्रतियोगिताको पहिलो खेलमा उनलाई इटालीकी अंगेला कारिनीले लैंगिक विवाद उठाएर खेल्न अस्वीकार गरेकी थिईन। उनलाई लैंगिक योग्यता नपुगेको भन्दै गत वर्ष विश्व च्याम्पियनसिपबाट प्रतिबन्ध लगाइएको थियो। तर, पेरिसमा ओलम्पिकमा खेल्न भने स्वीकृति दिइयो। गत वर्ष खेलिफजस्तै प्रतिबन्धमा परेकी चाइनीज ताइपेईकी लीन यु–तिङलाई पेरिस ओलम्पिकमा खेल्न दिइएको छ।