महिला भलिबल लिगमा ६ फ्रेन्चाइज टोली


काठमाडौं ।

पहिलो संस्करणको एभरेस्ट महिला भलिबल लिग (इडब्ल्युभिएल) मा ६ फ्रेन्चाइजी टोलीले खेल्ने भएको छ।
आयोजक इन्फिनिटी ड्रीम्स प्रालिले बिहीबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै फ्रेन्चाइज लिगको पहिलो संस्करणमा सहभागी हुने टोलीको नाम सार्वजनिक गरेको हो । जसमा काठमाडौं, ललितपुर, मधेश, गण्डकी, चितवन र कर्णाली टिम रहेका छन्।

त्यस्तै, काठमाडौंको टिम प्रर्बद्धकमा शरदकृष्ण टिबरेवाला, ललितपुरमा अनुज एम. तिमिल्सिना, अनोज रिमल र विरोचन खनाल (कोरसिंक नेपाल) रहेका छन् । त्यसैगरी मधेशको टिम प्रर्बद्धकमा रोहित अग्रवाल र विशाल अग्रवाल, गण्डकीमा सौरभ केडिया, चितवनमा निम्बस होल्डिंग्स तथा कर्णालमा राजेश बगडिया र प्रतिक अधिकारी रहेका छन् ।

नेपाल भलिबल संघ (एनभीए) र इन्फिनिटी ड्रीम्स प्रालिबीचको सम्झौतामा एभरेस्ट महिला फेन्चाइज लिग भलिबल आयोजना हुन लागेको हो । नेपाल भलिबल संघले केही साताअघि इन्फिनिटी ड्रीम्स प्रालिलाई नेपाल भित्र ७ वर्षको लागि एभरेस्ट महिला फ्रेन्चाइज भलिबल लिग आयोजना गर्न अनुमति प्रदान गरेको थियो ।