काठमाडौं महानगरपालिका कार्यालयनजिकै सडक भासियो


काठमाडौं

काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा नजिकैको सडक भासिएको छ। स्थानीयका अनुसार दरबारमार्ग र न्युप्लाजा जोड्ने सडक भासिएर भ्वाङ परेको हो।

टुकुचा छोपेर बनाइएको सडक बिहीबार राति भासिएको प्रहरीले जनाएको छ। सडक भासिएपछि सवारीसाधन आवागमन बन्द गरिएको छ।