कुपोषणमुक्त भएन मुक्तिकोट

658
Shares

बाजुरा ।

बाजुराको कर्णालीपारिको विकट पालिका भनेर चिनिने एक मात्र गाउँपालिका स्वामिकार्तिक खापर गाउँपालिका हो। स्वामिकार्तिक गाउँपालिकाको पनि दूरदराजमा पर्ने वडा नं १ मुक्तिकोट हो।

१२ वर्षे सशस्त्र द्वन्द्वपश्चात् जातीय आधारमा नाम परिवर्तन गरी ‘मुक्तिकोट’ नामकरण गरिएको थियो। नाम परिवर्तन गरे पनि मुक्तिकोटका सिंगो दलित समुदायले अझै पोषणयुक्त खाद्यान्न, शिक्षा स्वास्थ्यलगायत आधारभूत आवश्यकता प्राप्तिका लागि भने मुक्ति पाउन सकेका छैनन् ।

२ हजार ९ सय जनसंख्या बोकेका मुक्तिकोटका आमा र बच्चा सधैं कुपोषणको शिकार हुनुुपरेको छ । गत जेठ महिना यतामात्र दुुई बालबालिकाले कुपोषणकै कारण मृत्युवरण गर्नुपरेको मुक्तिकोट स्वास्थ्य संस्थाका इन्चार्ज वृज विकले भन्नुुुभयो। विकले कुपोषणले थलिएकी दुमली विककी १७ महिने छोरी जमुना विक र रूपसरा न्यौपानेकी १४ महिने छोरा सन्तोष न्यौपानेको मृत्यु भएको जानकारी दिनुभयो। जिल्ला अस्पताल बाजुरामा पोषण पुनर्स्थापना केन्द्र भए पनि त्यहाँसम्म पुु¥याउन नसक्दा न्यौपानेको मृत्यु भएको हो।

‘जब कुपोषणले बच्चा मर्छन् स्वास्थ्य सवाल चर्किन्छ। विभिन्न अधिकारवादी आउँछन्। केही महिना हल्लीखल्ली हुन्छ। महिना बित्छ चुपचाप, फेरि मर्छन् फेरि मिडियाबाजी हुन थाल्छ। मुक्तिकोटको पोषणमा दिगो योजना न सरकारसँग छ न त गैरसरकारी संस्थासँग छ’ –स्थानीय समाजसेवी नरजन रोकायाले भन्नुुभयो ।

मुक्तिकोटका ३ सय ८ घरपरिवारलाई आफ्नो उत्पादनले वर्षमा एक महिना पनि खान पुुग्दैन। ठूलो भूगोल भए पनि उर्वर भूमि छैन । रैथानेबाली पाउनै छोडेको छ। नेपाल खाद्य व्यापार कम्पनीको चामलले गुजारा चलाउँछन्। खाद्यको भातसँग बारीको सिस्नो, फापर टिपेर खाऊँ भने पनि उम्रिएको छैन। मुक्तिकोटमा कुपोषण हुनुको मूल जड भनेको स्थानीय उत्पादित रैथाने बालीको खाद्यान्न संकट भएको स्वामिकार्तिक सामुदायिक स्वास्थ्य इन्चार्ज वृज विकले भन्नुुभयो ।

मुक्तिकोटको कुपोषणको दोस्रो कारण बाल विवाह हो। २० वर्ष उमेर पुुगेर बिहे गरेकी केटी खोजे पाइँदैनन् । १२ देखि १९ वर्षसम्म शतप्रतिशत महिलाले बिहे गरिसकेका हुन्छन्। अन्ततः बाल विवाहले आमा र सन्तान दुवै कुपोषणको शिकार हुन परेका छन् । गरिब र अभाव भए पनि धेरै सन्तान जन्माउँदा रीता विककी आमाछोरी दुुवै कुपोषित छन्। १४/१५ वर्षमा बिहे गरेकी रीताजस्तै दर्जनौं महिला कुपोषित देखिन्छन् । मुक्तिकोट पूरै गाउँ कुपोषित छ । आमा नै कुपोषित भए बालबच्चा पोषित हुने कुरै छैन ।

अहिले मुक्तिकोट गाउँमा वैशाख यतामात्र २२ जना कडा कुपोषित बालबालिकामध्ये ७ लाई कुपोषणबाट मुक्त भएर घर पठाइसकेको छ भने १६ जनामा जटिल कुपोषित भएकाले स्वास्थ्य संस्थामा भर्ना गरी उपचार भइरहेको छ। कुपोषण न्यूनीकरण गर्न विभिन्न समयमा सरकारी गैरसरकारी क्षेत्रबाट सर्वेक्षण गरिएको थियो।

मुक्तिकोट गाउँका ३ सय ८ परिवारमा धेरै कुपोषण दर रहेको प्रतिवेदनमा उल्लेख गरेको थियो। रिपोर्टमा बालबालिकामात्र नभई किशोर, किशोरी, वयवृद्ध, महिला, गर्भवती तथा सुत्केरी आमा कुपोषित छन्, कुपोषणले बच्च मर्नु यहाँका स्थानीयका लागि कुनै नौलो कुरा नभई बाध्यतावश स्वाभाविक रूपमा लिन्छन्। उपचार गर्ने क्षमता छैन राज्यको पहुँचमा छैनन्।

मुक्तिकोटमा उच्च प्रजनन दर, उच्च बालमृत्युदर, परिवार नियोजनका साधनको प्रयोग न्यून रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ। मुक्तिकोट गाउँमा वर्षेनी धेरै बालबालिका कुपोषणको चपेटामा परेको भए पनि राज्यको ध्यान नगएको स्थानीय डबल विकले बताउनुभयो। २०७९ सालयता मुक्तिकोटमा मात्र कुपोषणकै कारण १३ जना बालबालिकाको मृत्यु भइसकेको विभिन्न तथ्यांकले देखाएको छ ।