मोटरसाइकलकाे ठक्करबाट एक जनाको मृत्यु

11.37k
Shares

सर्लाही ।

सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा सोही ठाउँका ३८ वर्षीय इन्द्रहरि पोखरेलको मृत्यु भएको हो।

पोखरेललाई गए राति ८ बजेतिर गाउँको भित्री सडकमा उत्तरतर्फबाट बरहथवातर्फ गइरहेको ज ८ प ६८८९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका पोखरेललाई हरिवनमा सामान्य उपचारपश्चात् वीरगन्जतर्फ लैजाने क्रममा रौतहटको चन्द्रनिगाहपुर पुर्‍याउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ।

मोटरसाइकल र त्यसका चालक प्रहरी नियन्त्रणमा छन्। मृतक पोखरेलको शव पोस्टमार्टमका लागि चन्द्रनिगाहपुरमा नै राखिएको छ।