पानीपुरीमा भेटियो क्यान्सर गराउने तत्त्व


एजेन्सी ।

पानीपुरी खान कस्लाई मन नपर्ला र ? तर तपाईंलाई यो खबर थाहा पाउँदा दुख लाग्न सक्छ। पानीपुरीमा क्यान्सर गराउने तत्त्व भेटिएको छ। भारतको कर्नाटकमा बेचिने पानीपुरीमा क्यान्सर जस्ता खतरनाक रोग निम्त्याउने रसायन  भेटिएको छ।

जुन स्वास्थ्यका लागि खतरनाक साबित हुन सक्ने स्वास्थ्य विज्ञहरूले चेतावनी दिएका छन्। खाद्यवस्तुमा हानिकारक ब्याक्टेरिया भेटिएपछि प्रदेशको खाद्य सुरक्षा विभाग क्रियाशील भएको छ। खाद्य सुरक्षा अधिकारीहरूले विभिन्न स्टलहरूमा जाँच गरिरहेका छन्। खतरा महसुस भयो भने पानीपुरी बेच्न र खान प्रतिबन्ध लगाउन सकिने अधिकारीहरूले बताएका छन्।

भारतीय खाद्य सुरक्षा र मापदण्ड प्राधिकरण (एफएसएसएआई)ले आफ्नो अनुसन्धानमा २६० ठाउँबाट पानीपुरीको नमुना लिएको थियो। जसमध्ये ४१ नमुनामा नक्कली रङ र क्यान्सर गराउने तत्त्व भेटिएको जनाएको छ । यसमा ब्रिलियन्ड ब्लू, सनसेट येलो र टाट्र्राजिन जस्ता रसायनहरू भेटिएका छन्।

यी पदार्थको अत्यधिक सेवनले पेट दुख्ने, मुटुको रोग लाग्ने र प्रतिरक्षा प्रणाली कमजोर हुने जस्ता गम्भीर रोग लाग्ने स्वास्थ्य विज्ञहरूले चेतावनी समेत दिएका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।