देउवा सरकारले नियुक्त गरेका ११ राजदूत हटाइए

4.61k
Shares

काठमाडौं ।

सरकारले भारत र अमेरिकासहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारत, अमेरिका, बेलायत, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, डेनमार्क, इजरायल, कतार र पोर्चुगलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो। बढीजसो काग्रेसकोटाबाट राजदूत बनाइएकाहरुलाई फिर्ता गरिएको बताइएको छ।

भारतमा डा. शंकर शर्मा, अमेरिकामा श्रीधर खत्री, बेलायतमा ज्ञानचन्द्र आचार्यलगायत ११ जनालाई फिर्ता बोलाइएको हो। उनीहरुलाई ११ कात्तिक २०७८ मा तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले राजदूत सिफारिस गर्ने निर्णय गरेको थियो।

यस्तै फिर्ता हुनेमा साउदी अरेबियाका नवराज सुवेदी, दक्षिण कोरियाका ज्योति प्याकुरेल, मलेसियाका डिल्लीराज पौडेल, स्पेनका शर्मिला पराजुली ढकाल, डेनमार्कका प्रा.डा. रामसुरज यादव र इजरायलका कान्ता रिजाल, कतारका डा. नरेशविक्रम ढकाल पोर्चुगलका सनिल नेपाल छन्।

उनीहरु सबैलाई तत्कालीन देउवा सरकारले नै नियुक्त गरेको थियो । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र रसियाका लागि मिलन तुलाधरलाई भने फिर्ता बोलाइएको छैन।

Skip This