उदयपुरबाट २ सय ८० किलो गाँजा बरामद 


उदयपुर ।

सशस्त्र प्रहरीले उदयपुरबाट २ सय ८० किलो गाँजा बरामद गरेको छ। आइतबार बिहान उदयपुरको बेलका नगरपालिका-८ सिसौलिघाटबाट सशस्त्र प्रहरीले करिब २ सय ८० किलो गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस बेलकाले  एरिया गस्ती गर्दै जाने क्रममा विशेष सूचनाको आधारमा सिसौली घाटको जङ्गलमा ६ वटा बोरामा लुकाइ छिपाइ राखेको अवस्थामा करिब  २ सय ८० किलो गाँजा , २ थान ट्युब  र सानो ठेला गडा १ थान समेत बरामद भएको हो।

सो गाँजा  ट्युबसहित भएकोले कोशी नदी हुँदै तस्करी गर्न लागिएको आशङ्का गरिएको छ। बरामद गाँजा र अन्य सामान आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।