प्रेस चौतारी पार्टीका सबै जन वर्गिय सङ्गठनहरूको नेता सङ्गठन हो : एमाले कर्णाली अध्यक्ष शाह 

282
Shares

सुर्खेत ।

नेकपा (एमाले) कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहले प्रेस चौतारी नेपाल पार्टीका २३ वटा जन वर्गिय सङ्गठनहरूको पनि नेता सङ्गठन भएको बताएका छन्। प्रेस चौतारी नेपालको कर्णाली प्रदेश कमिटीले आयोजना गरेको कर्णाली प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष शाहले सुर्खेतमा यस्तो बताएका हुन्।

पत्रकारले समाजको परिवेश, अवस्था र प्रविधिलाई आत्मसाथ गरेर पत्रकारिता गर्नुपर्ने बताउँदै अध्यक्ष शाहले सिद्धान्त, सङ्गठन र सङ्घर्ष बुझेको पत्रकारले मात्र पत्रकारिता पेसालाई दिगो बनाउन सक्नेमा जोड दिए। पत्रकारितामा कलम चलाएर हिँडेको नभए पनि पत्रकारिता पेसाको मर्म र अवस्थालाई राम्रोसँग बुझेको बताउँदै अध्यक्ष शाहले पत्रकारले आफूलाई प्रविधिसँग घुलमिल बनाएर अघि बढ्नुपर्ने बताए।

प्रेस चौतारीका नेता कार्यकर्ताले पार्टीका नीति, निर्णयलाई कार्यकर्ता र सदस्य स्तरमा सहजै पुर्‍याउने सशक्त माध्यम भएका नेताहरूको सङ्गठन हो अध्यक्ष शाहले भने, यो सङ्गठनमा आबद्ध नेता कार्यकर्ताले समाचार, सामाग्रीका माध्यमबाट पार्टीको पक्षमा र पार्टीले लिएका जनहितकारी नीतिका बारेमा समाचार सामाग्री सम्प्रेषण गर्नलाई अझ जोड दिनुपर्छ।’

कर्णालीका दश वटै जिल्लाबाट आएका चौतारीका नेता तथा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) कर्णाली प्रदेशका प्रचार विभाग प्रमुख रमेश शाहीले प्रेस चौतारीको हितमा पार्टीले गरेका कुनै पनि निर्णयलाई सबैले स्वीकार गरेर अघि बढ्नुपर्ने बताए।

साथै उनले पहिले आफ्नै सङ्गठनसँग र पछि अन्य सङ्गठनसँग मिलेर अघि बढ्न सक्यौँ भने सफलता प्राप्त सकिने बताए। यसै गरी केन्द्रीय प्रचार विभाग सदस्य टिका बिष्टले सङ्गठनमा महिला नेतृत्व स्थापित गराउनका लागि उचित अवसर र मौका दिनुपर्नेमा जोड दिए। प्रेस चौतारी नेपाल केन्द्रीय अनुशासन आयोगका अध्यक्ष नवराज महत्ताराले कुनै पनि सङ्गठनलाई अनुशासित बनाउन सकिएन भने त्यस्तो सङ्गठन दिगो र प्रभावकारी हुन नसक्ने भएकाले प्रेस चौतारीलाई अनुशासित र सङ्घर्षशील सङ्गठनका रूपमा अघि बढाउन सबैलाई निर्देशन दिए।

प्रेस चौतारी नेपालको केन्द्रीय सचिव तथा कर्णाली प्रदेशका इन्चार्ज विष्णु शर्माले प्रेस चौतारीका सबै गतिविधिहरू महासङ्घ लक्षित बनाउन निर्देशन दिए। साथै उनले प्रेस चौतारीका सिपाहीहरू जो कोही पनि इमानदार भएर सङ्गठनमा लागेमा सबैले अवसर प्राप्त गर्ने बताए। प्रेस चौतारी नेपाल कर्णाली प्रदेशका अध्यक्ष प्रकाश अधिकारीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्लागत अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुति गरिएको थियो। भेलाले समग्रमा प्रेस चौतारीको कर्णाली प्रदेशको अवस्था र पत्रकार महासङ्घका बारेमा भइरहेका गतिविधिका बारेमा समीक्षा गरेको थियो ।

Skip This