उप्रेती राप्रपाको सहायक कोषाध्यक्षमा मनोनित



दोलखा ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको चालु केन्द्रीय कार्य समितिको बैठकले केन्द्रीय सदस्य शोभित उप्रेतीलाई केन्द्रीय कमिटीको सहायक कोषाध्यक्षमा मनोनित गरेको छ ।

शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले उप्रेतीलाई केन्द्रीय कमिटीको सहायक कोषाध्यक्षमा मनोनित गरेको जानकारी गराउनु भएको थियो । दोलखा स्थायी घर भएका कुशल राजनीतिज्ञ एवं व्यवसायी उप्रेती सामाजिक अभियानहरुमा समेत सक्रिय हुनुहुन्छ ।

उहाँ उप्रेती समाजको केन्द्रीय सदस्य समेत हुनुहुन्छ । एसएस फाउण्डेशनका संरक्षक समेत रहनु भएका उप्रेतीले दोलखा लगायत देशका बिभिन्न जिल्लाका विद्यालयमा अध्यनरत विपन्न विद्यार्थीहरुलाई एसएस फाउण्डेशन मार्फत स्कूल ब्याग र बिभिन्न शैक्षिक सामग्रीहरु वितरण गर्दै आउनु भएको छ ।

चीनसंग निकट सम्बन्ध रहेको उप्रेतीले विनाशकारी भुकम्प, कोरोना महामारी, बाढी पहिरो लगायतका प्राकृतिक प्रकोपको समयमा दोलखाका पीडितहरुलाई बिभिन्न प्रकारका सहयोग समेत गर्दै आउनु भएको छ । राप्रपामा नेता पशुपति शम्सेर जवरासंग नजिक रहनु भएका उप्रेती लामो समय देखि पार्टीको केन्द्रीय सदस्य रहदै आउनु भएको छ ।

शुक्रवार पार्टीको केन्द्रीय कमिटीको सहायक कोषाध्यक्षमा मनोनित हुनुभएका नेता उप्रेती शनिवार चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा सहभागि हुन त्यसतर्फ प्रस्तान गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्