अमेरिकी दूतावासद्वारा प्रेस स्वतन्त्रताको उठान



काठमाडौं ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको पक्राउको चौतर्फी विरोध भइरहेको बेलामा काठमाडौंस्थित दूतावासले सामाजिक सञ्जालमा प्रेस स्वतन्त्रताको कुरा उठाएको छ।

सिरोहिया पक्राउ परेको दोस्रो दिनमा दूतावासले आफ्नो आधिकारिक फेसबुक पेजमा राखेको उक्त सामग्रीलाई सिरोहियाको पक्राउसँग जोडेर हेरिएको छ।

अमेरिकी दूतावासले कुनै पनि घटना वा व्यक्तिको नाम उल्लेख नगरिकन सामाजिक सञ्जालमा भनेको छ– ‘अझ परिपूर्ण मुलुक’ बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन्। कठिन संघर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौं।’

प्रतिक्रिया दिनुहोस्