मन्त्रिपरिषद् बैठक सम्पन्न : यी हुन् निर्णयहरू



काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को बैठक भर्खरै सम्पन्न भएको छ । आज सिंहदरबारमा बसेको बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको छ।

यस्तै उक्त मन्त्रिपरिषद्को बैठकले प्रहरी नायवमहानिरीक्षकहरु उमेशराज जोशी र  भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने निर्णय गरेको हाे।

संवत् २०८१ वैशाख २७ गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः
१. प्रहरी नायवमहानिरीक्षकहरु उमेशराज जोशी र  भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने ।
२. अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने ।
३. समाजकल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने ।
४. भाषा आयोगको रिक्त सदस्य पदमा  सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने ।

प्रतिक्रिया दिनुहोस्