इलाम-२ मा सुहाङको अग्रता कायमै



काठमाडौं ।

इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना जारी छ। सो क्षेत्रमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ। पछिल्लो मत परिणामअनुसार उनले ८ हजार ४८७ मत प्राप्त गरेका छन्।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले ५ हजार ८४४ मत प्राप्त गरेका छन्। यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले ४ हजार ६६२ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलनकुमार योङहाङ लिम्बुले १ हजार २ सय ६९ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्