यस्तो छ तपाईंको आजको राशिफल



मेष : आजको दैनिकी राम्रो छ। शुभ समाचार सुन्न पाइने छ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। अचल सम्पत्ति प्राप्त हुनेछ।

वृष : दिन रमाइलोसँग बित्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट आर्थिक उन्नति हुनेछ। कर्मचारी हुनुहुन्छ भने बढुवाको अवसर देखिन्छ। मनपर्ने साथीसँगको भेटले खुशी मिल्नेछ।

मिथुन : अनावश्यक झन्झटमा पर्ने जोखिम भएकाले काम गर्दा सचेत हुनुपर्छ। सामाजिक क्षेत्रमा उन्नति हुनेछ। धार्मिक यात्रा गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

कर्कट : न्यायको क्षेत्रमा सफलता मिल्नेछ। ठुलो लगानीका लागि अगाडि नबढ्नु राम्रो हुन्छ। धार्मिक कार्यमा मन जानेछ। धेरै कमाउने भन्दा पनि परोपकार गर्ने दिन हो।

सिंह : सामाजिक काममा सफलता मिल्नेछ। बौद्धिक क्षेत्रबाट सम्मान मिल्नेछ। परोपकार गर्ने अवसर जुट्नसक्छ। परिवारसँग सन्तुष्टि मिल्नेछ।

कन्या : परिवारको माया प्राप्त हुने दिन छ। आफू नम्र भएर आफ्नो काम गर्ने समय छ। मनोरञ्जनमा सहभागी हुने योग रहेको छ।

तुला : बलले भन्दा बुद्धिले काम गर्ने समय छ। आफ्नो खल्ती छामेर मात्र खर्च गर्नुपर्ने समय छ। काम गर्नु अगाडि परिवारभित्र सल्लाह गर्नु राम्रो हुनेछ।

वृश्चिक : मान र प्रतिष्ठा बढ्ने दिन छ। मनमा बुनेका योजना नसुनाइ अगाडि बढ्नु राम्रो हुन्छ। पुरानो रोगले दुःख दिने खतरा छ। खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

धनु : धार्मिक यात्रको योग रहेको छ। सुन्दर बन्न मन लाग्ने दिन हो। आर्थिक र सामाजिक क्षेत्रमो गरेको परिश्रमको फल मिल्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मकर : परिवारको नाम बाट काम गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। कतै प्रतिस्पर्धा गर्नु भएको भए निर्णय तपाईंको पक्षमा हुनेछ।

कुम्भ : बोलीको प्रभावले धेरै काम नहुने जोखिम छ। शत्रुपक्ष बलियो देखिएको छ। परिवारमा बोलीकै कारण झगडा हुने भएकाले थोरै बोलेर धेरै काम गर्नु राम्रो हुनेछ।

मीन : नाम र नाम कमाउने योग छ। आर्थिक क्षेत्रमा काम गर्दा सचेत हुनुपर्छ। व्यवहार गर्दा पारिवारिक सहमतिमा गर्नु राम्रो हुन्छ। वैदेशिक क्षेत्रमा ठग सक्रिय भएकाले सचेत हुनुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्