उदयपुरमा गाडीको ठक्करबाट युवकको मृत्यु



उदयपुर ।

उदयपुरमा गाडीकाे ठक्करबाट एक युवककाे मृत्यु भएकाे छ। उदयपुरको त्रियुगा नगरपालिका ९ राजावासमा शुक्रबार बिहान गाडीले ठक्कर दिँदा त्रियुगा नगरपालिका ९ का २५ वर्षीय  बबिस दनुवारकाे मृत्यु भएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी दिएकाे छ।

ठक्कर दिने गाडीलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक विजय श्रेष्ठले पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको सामान बोक्ने पिकअपलाई बेल्टार स्थित इलाका प्रहरी कार्यालयले अनुसन्धानका लागि पक्राउ गरिएकाे जानकारी दिए।

सूचना अधिकारी श्रेष्ठका अनुसार गाडीको ठक्करबाट घाइते भएका दनुवारलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर ल्याइएकोमा उपचारकै क्रममा उनकाे मृत्यु भएको थियाे ।

प्रतिक्रिया दिनुहोस्