प्रहरीका दुई डीआईजी एआईजीमा बढुवा सिफारिस



काठमाडौं ।

नेपाल प्रहरीका दुई जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ। गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिको सचिवालयले प्रकाशित गरेको सूचना अनुसार बढुवा सिफारिस हुनेमा डीआईजीद्वय उमेशराज जोशी र भीमप्रसाद ढकाल रहेका छन्।

एआईजीद्वय मीरा चौधरी र सन्दीप भण्डारी यही साता अवकाशमा जाने भएपछि उक्त स्थानमा जोशी र ढकाललाई बढुवा सिफारिस गरिएको हो।

प्रतिक्रिया दिनुहोस्