जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न  

98
Shares

काठमाडौँ।

जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न  भएको छ।

 भारतीय राजदूतावास, काठमाडौँस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास,वीरगंज र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्षको अवसर पारेर शनिवार जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणको आयोजना गरेको हो ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रमुख अतिथिको रुपमा महोत्सवको पहिलो सत्रको उद्घाटन गरेका थिए ।कार्यक्रमको पहिलो सत्रमा श्री हरिवंश झाले ‘जानकी लीला’ मा महत्त्वपूर्ण व्याख्यान प्रस्तुत गरेका थिए । कार्यक्रममा सारीका साथै भारत र नेपालका किल्लाहरुको प्रदर्शनी र चर्चित सेफ सन्तोष साहद्वारा प्रस्तुत मैथिली फुड फेस्टिवल पनि समावेश थियो ।

कार्यक्रमको दोस्रो सत्रमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका गुरु तथा कलाकारले भगवान राम र सीताको जीवनीमा आधारित भजनको सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए । दोस्रो सत्रको विशेष आकर्षण प्रसिद्घ नेपाली गायिका सुश्री मेनुका पौडेलको प्रस्तुति रहेको थियो । मेनुका पौडेल इन्डियन आइडल २०२४ को उत्कृष्ट १० मा पर्न सफल भएकी थिइन् ।

 जनकपुरधाम उपमहानगरपालिकाका  मेयर मनोज कुमार साहले साँझको सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थिति जनाएका थिए ।
सो महोत्सवमा मधेश प्रदेशका प्रदेश सभा सदस्य, प्रतिष्ठित व्यक्तित्व र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो साथै दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

दुई देशका कला, संस्कृति तथा चाडपर्वको साझा परम्परामा झल्किने भारत र नेपालको साझा सांस्कृतिक सम्पदालाई जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करणले मनाएको थियो । जनकपुरधाम सांस्कृतिक महोत्सवको पहिलो संस्करण सन् २०२३ अप्रिलमा आयोजना गरिएको थियो ।