खोटाङमा छुरा प्रहारबाट युवकको मृत्यु            

7.99k
Shares

खोटाङ ।

खोटाङमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ। शनिबार साँझ अज्ञात समूहले छुरा प्रहार गर्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-११ खार्मी निभारेका ३१ वर्षीय धनजित राईलाई छुरा प्रहार गरेको हो।

उनलाई सोही स्थानको मकै बारीमा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ। छुरा प्रहारबाट घाइते राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए।

डिएसपी खड्काका अनुसार छुरा प्रहार गर्ने व्यक्तिहरूको खोजी भइरहेको छ।