आज वैशाख २ गते आइतबार, यस्तो छ तपाईंको राशिफल



मेष : साथीले सहयोग गर्नेछन्। रमाइलो यात्राको अवसर मिल्नेछ। लगानीको क्षेत्रबाट फाइदा हुनेछ। सामाजिक काममा सम्मान मिल्नेछ। विरोध गर्ने साथी शान्त हुनेछन्। राम्रो कामको थालनी गर्नुपर्ने दिन छ।

वृष : वैदेशिक क्षेत्रको श्रमबाट फाइदा हुनेछ। सार्वजनिक पद अर्थात् जिम्मेवारी प्राप्त हुनसक्छ। भौतिक सुखले मन आनन्दित हुनेछ। आफूभन्दा ठुलाको साथ रहने योग छ।

मिथुन : सिर्जनाको क्षेत्रमा मन जानेछ। थोरै श्रमबाट राम्रो आम्दानी हुनेछ। परिवारको साथ रमाइलो हुनेछ। बोल्दा विशेष ख्याल गर्नुपर्ने दिन छ।

कर्कट : तपाईंको कामबाट अरुले फाइदा लिनेछन्। आर्थिक आरोबारमा विवाद हुनसक्छ। राम्रो कामबाट खुट्टा तान्ने सक्रिय छन्। निष्ठावान बन्नु भएमा सबै पछाडि पर्नेछन्।

सिंह : लामो समयदेखि रोकिएका काम बन्नेछन्। लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लाभ हुनेछ। परिवारमा प्रतिस्पर्धा चल्नेछ। घरमा नयाँ मान्छेको आगमन हुनसक्ने योग छ।

कन्या : सुरु गरेको काम बन्नेछ। राम्रो कामको थालनी गर्दा फाइदा हुनेछ। मनमा उत्साह बढ्नेछ। डर, त्रास र भयबाट मुक्त भएर ठुलो कामको थालनी गर्नुपर्ने दिन हो।

तुला : विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनेछ। कर्म क्षेत्रलाई निरन्तरता दिनाले भाग्यको उदय हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। खानपानमा सचेत हुनुपर्ने देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : गलत व्यक्तिको संगत नगर्नु राम्रो हुन्छ।घरमा भन्दा भन्दा बाहिर रमाउने बानीले परिवारमा खटपट हुनसक्छ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। वैदेशिक रोजगारीको बाटोबाट भने फाइदा हुने योग छ।

धनु : धार्मिक कार्यमा मन जानेछ। धन कमाउन भन्दा जोगाउने कुराको चिन्ता बढ्नेछ। महत्तवपूर्ण काममा साथीभाइको सहयोग प्राप्त हुनेछ। परिवारको साथ र सहयोग रहनेछ।

मकर : परोपकार गर्ने समय छ। वैदेशिक क्षेत्रको लगानी सफल बन्नेछ। आफन्तलाई मनको कुरा नभन्नु राम्रो हुन्छ। विशिष्ट व्यक्तिको साथले महत्त्वपूर्ण काम बन्नेछ।

कुम्भ : परिवारमा रमाइलो जमघट वा भेटघाट हुनेछ। लामो समयदेखि अवरुद्ध काम बन्नेछ। नम्र बोलीको माध्यमले अरुलाई प्रभावमा पारेर काम गर्नु राम्रो हुन्छ।

मीन : समय खराब चलिरहेकाले हरेक क्षेत्रमा मेहनत गर्नुपर्ने देखिन्छ। आम्दानी भन्दा खर्च बढ्नेछ। सामाजिक क्षेत्रमा आफन्तले अपमान गर्नेछन्। नम्र भएर धार्मिक क्षेत्रमा मन दिनुपर्ने दिन छ।

प्रतिक्रिया दिनुहोस्