राष्ट्रपति पौडेलद्वारा सपनातिर्थ मन्दिरमा पूजा अर्चना



काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित टोखा नगरपालिका वडा नम्बर २ मा रहेको प्रसिद्ध ऐतिहासिक सपनतिर्थ मन्दिरमा शनिबार बिहान पूजा अर्चना गरि पुजारीबाट फूलप्रसाद ग्रहण गरेका छन् ।

नयाँ वर्ष २०८१ को अवसरमा सपनतीर्थमा परम्परागत जात्रा तथा मेला एक हप्तासम्म लाग्ने गर्दछ । राष्ट्रपति पौडेल मन्दिर परिसरमा पुग्दा सांसद प्रदिप पौडेल, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, सपनातीर्थ क्षेत्र विकास समितिका अध्यक्ष देवराज डंगोललगायतले स्वागत गरेका थिए ।

सो अवसरमा राष्ट्रपति पौडेललाई क्षेत्र विकास समितिका पदाधिकारीले मायाको चिनो प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्