हेर्नुहोस् तपाईंको आजको राशिफल



मेष : कर्म क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। एउटा लक्ष्य पूरा हुने योग छ। अरुलेसमेत तपाईंबाट अपेक्षा गर्न थाल्नेछन्। सामाजिक संस्थामा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृष : अरुको मन जित्ने सकिने छ। श्रमको मूल्य प्राप्त हुनेछ। भगवानको नाम स्मरण गरेर कामको सुरुवात गरे सफलता मिल्नेछ। परिवारसँगको सल्लाहमा काम गर्नु राम्रो हुनेछ।

मिथुन : आफन्तसँगको सम्बन्ध सुधार हुनेछ। परिवारसँगको भेटघाटले मन खुशी हुनेछ। वैदेशिक क्षेत्रको लगानीबाट लाभ मिल्छ। मनको कुरा अरुलाई नभन्नु राम्रो हुन्छ।

कर्कट : आफ्नो भनाइ वा निर्णय कार्यान्वयन नहुने दिन छ। लगानी गर्नु अगाडि सोच्नु राम्रो हुनेछ। संघर्षपूर्ण दिन भएकाले तनाव बढ्ने देखिन्छ। परिवारको सहयोगले भने मन खुशी हुनेछ।

सिंह : धर्मकर्म र समाजसेवामा मन जानेछ। सोचेका काम बन्नेछन्। आर्थिक वृद्धि हुनेछ। वैदेशिक क्षेत्रमा फाइदा होला। सामाजिक काममा मन जानेछ। प्रेम सम्बन्धमा खटपटीको योग छ।

कन्या : शेयर बजारमा फाइदा हुनेछ। चिठ्ठा पर्ने योग छ। आफ्नो ख्याल आफैले गर्नुपर्ने दिन छ। कर्म क्षेत्रबाट नाम, दाम र सम्मान प्राप्त हुनेछ। परिवारको साथ र सहयोग अटुट रहनेछ।

तुला : वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। काम गर्नु अगाडि हिम्मत जुटाउनुपर्नेछ। लगानीको क्षेत्रमा उत्साह थपिने छ। शिक्षा र समाजसेवामा मन जानेछ।

वृश्चिक : फजुल खर्च बढ्ने योग छ। बन्न लागेको काममा अवरोध सिर्जना हुनसक्छ। सामाजिक सम्मान र वैदेशिक लगानीबाट फाइदा हुनेछ। परिवारबाट साथ र सहयोग रहने छ।

धनु : व्यापारमा लाभ हुनेछ। तपाईंले न्याय पाउने योग छ। धर्ममा मन जानेछ। ठुला मान्छेसँग संगत हुने योग छ। शिक्षामा नाफा हुनेछ। पारिवारिक प्रेम र सामाजिक सम्मान हुने देखिन्छ।

मकर : कार्य क्षेत्रमा सफलता मिल्नेछ। नयाँ सवारी साधनमा चढ्ने योग छ। काम गर्नु अगाडि परिवारबाट सुझाव लिएको राम्रो हुनेछ।

कुम्भ : प्रतिक्षाको फल राम्रो हुनेछ। परिवारको साथ रहने छ। साथी र बन्धुले साथ दिनेछन्। रमाइलो गरेर दिन बित्नेछ। खुट्टा तान्ने सक्रिय भएकाले सचेत बन्नुपर्छ।

मीन : धनको खर्च अनावश्यक ठाउँमा हुने जोखिम छ। फजुल खर्च गर्ने बानीले परिवारमा विवाद हुनसक्छ। वैदेशिक लगानीबाट राम्रो आम्दानी हुनसक्छ। यात्रा सफल भए पनि व्यवसायमा घाटा हुने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्