दुर्गा प्रसाईंलाई हतियार राख्न अनुमति दिएकोबारे छानबिन गर्न गृहले बनायो समिति



काठमाडौं ।

गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हातहतियार राख्ने इजाजत दिएको विषयमा छानबिन गर्न समिति गठन गरेको छ।

गृहमन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको हो। यही चैत ५ गते सर्वोच्च अदालत परिसरबाट प्रसाईंका अंगरक्षकद्वय दीपक खड्का र राजकुमार धिताल पक्राउ परेका थिए।

उनीहरूका साथबाट अत्याधुनिक हतियार (मेसिनगन) एकथान, म्याग्जिन, म्याग्जिन होल्डर र गोली १०० राउन्ड बरामद गरिएको थियो।

उक्त हतियार आफूले जिल्ला प्रशासन कार्यालय झापाबाट अनुमति लिएर राखेको दाबी प्रसाईंले गरेका छन्। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्ने समयसीमा दिइएको छ।

कानुनविपरीत उक्त हतियारको इजाजतपत्र जारी गरिएको सर्वोच्चले ठहर गरेको थियो। त्यसबारे छानबिन गर्न समेत सर्वोच्चले आदेश दिएको थियो। सोहीबमोजिम चार सदस्यीय छानबिन समिति गठन गरिएको गृह मन्त्रालयले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्