अब प्रचण्डसँग  कहिल्यै सहकार्य  हुँदैन : सहमहामन्त्री पाण्डे 



 बाजुरा। 

 संघीय सांसद एवं नेपाली काँग्रेसका सह–महामन्त्री बद्रीप्रसाद पाण्डेले नेकपा माओवादी (केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री पदको लोभमा सत्ता समीकरणको गठबन्धन टुटाएको बताएका छन्।

बुधवार नेपाली काँग्रेस बाजुराले आयोजना गरेको  पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा पाण्डेले प्रधानमन्त्री प्रचण्डलाई अरू कुनै कारण नभई सत्ताको लोभ र प्रधानमन्त्री पद गुम्ने डरले सत्ता समीकरण तोडेको आरोप लगाएका छन् ।

उनले प्रचण्डले तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाउने सहमतिमा पनि धोका दिएकोप्रति असन्तुष्टि जनाएका छन् ।

प्रचण्डले पटक पटक धोका दिएकाले अब उनीसँग सत्ता समीकरणको सहकार्य नहुने दाबी गरेका छन् । पदको लोभ र जनताका कुरालाई लत्याएर सरकार परिवर्तनमा नेपाली काँग्रेस सहकार्य गरेर जान नसक्ने भेटघाट कार्यक्रममा सह–महामन्त्री  पाण्डेले बताए । देश लथालिङ्ग अवस्थामा छ । देशको आर्थिक अवस्था कमजोर बन्दै गएको राष्ट्रपति शैक्षिक उद्धार कार्यक्रम रोकिदा बाजुरा जस्ता दुर्गम जिल्लाका भवन निर्माण अलपत्र परेको बताए ।

           देशको स्थायित्वका लागि नेपाली काँग्रेस र नेकपा एमाले सहकार्य गरेर अघि बढ्न सक्ने सङ्केत गरेका छन् । उनले आलोपालो गरेर सरकार सञ्चालन गर्नका लागि नेपाली काँग्रेस सत्तामा हुँदा  एमालेले दुई पार्टीको सरकार बनाउन प्रस्ताव गरेको औल्याए ।  पार्टीका शिर्ष नेतृत्वहरुको सहमती भएमा काँग्रेस एमालेले आलोपालो सरकारको समीकरण हुन सक्ने जिकिर गरेका छन् ।

अहिले सरकारमा रहेका गृहमन्त्री रबी लामिछानेले सहकारीको रकम सदस्यको  उत्पादनमा लगानी नगरेर मिडियामा लगानी गरी सहकारी बचतकर्ताको रकम हिनामिना गरेको आरोप लगाए । जीवी राई र रवि लामिछाने वीचको  कनेक्सनकै कारण हाउजिङ्गर मिडिया हाउसमा  लगानी गरेको यथेष्ट प्रमाण भेटिएको जिकिर उनको थियो । सहकारीको रकम सहकारीका शेयर सदस्य बचत कर्तालाई मात्र लगानी गर्नुपर्ने ,बचतकर्ताको रकम अन्यत्र लगानी गर्न नपाइने बताए ।  बचत कर्ताको करोडों रकम गैर सदस्यलाई फिर्ता नगरेकाले  संसद्मा काँग्रेस जोडका साथ कुरा उठाउँदै आएको पनि पार्टीका जिल्ला तहका नेता तथा कार्यकर्तालाई जानकारी गराए ।

सहमहामन्त्री पाण्डेले भने–“सत्यको उजागर गर्न कसैको लोकप्रियतामा काँग्रेस डराउँदैन ।”
काँग्रेसले गलत गर्ने पार्टीका जो होकी नेतालाई कारबाहीका लागि नरोक्ने पनि उनको भनाई रहेको छ । संकट र संघर्षबाट नै पार्टीलाई प्रखर बनाउनेमा पाण्डेको दाबी छ ।

उनले पार्टीलाई जोगाउन धैर्य संयमता अपनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् । सङ्घर्षले नै पार्टी निर्माण भएर सुदृढीकरण हुने  हो  पाण्डेले भने । पार्टीका कार्यकर्ताले समस्यामा परेकालाई सहयोगी बन्न आग्रह गरे । नेपाल िकांग्रैस नीति विधी र प्रविधि मैत्री हुन पर्नेमा पार्टी सभापति रामसिंशह रावलले जोड दिए ।

  नेपाली कांग्रेसका पूर्व पार्टी सभापति कविराज पण्डितले भने “काँग्रेसलाई तलदेखि माथि सम्म सबै तह र तप्काबाट  सुधारेर लैजान पार्टीको विस्तारित बैठक राख्न आग्रह गरे । ”  उनले भने उछि«ङ्ख समुहबाट बच्न संवेदनशीलता अपनाउँदै आएका छौँ । पार्टी कायकर्तालाई पनि  इट्टाको जवाफ फूलले दिन सकारात्मक भावमा प्रेरित हुन आग्रह गरे ।

भेटघाट कार्यक्रममा नेपाली काँग्रेस बाजुराका सभापति रामसिं रावल,निवर्तमान सभापति कविराज पण्डित जिल्लाकार्य समितिका पदाधिकारी भातृ संघसंगठनका प्रमुख तथा प्रतिनिधीहरु सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्