शालीन मृत्यु प्रकरणः पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश



काठमाडौँ।

जिल्ला अदालत चितवनले शालीन पोखरेल मृत्यु प्रकरणमा पक्राउ परेको तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतन स्कुलमा कक्षा–८ मा अध्यनरत शालिन गत फागुन १२ गते सोही स्कूलद्वारा सञ्चालित होस्टेलमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिईन् ।

उक्त घट्नामा शालीनका परिवारले सोही विद्यालयका प्रिन्सिपल बालहरि देवकोटा, भाइस प्रिन्सिपल किरणबहादुर अधिकारी र होस्टेलका वार्डेन कमलप्रसाद शर्माविरुद्ध किटानी जाहेरी दिएका थिए । किटानी जाहेरीपछि पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत धरौटीमा रिहा भएर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।

जिल्ला अदालतका न्यायाधीश रमेशप्रसाद ज्ञवालीको एकल इजलासले प्रिन्सिपल देवकोटालाई तीन लाख, भाइस प्रिन्सिपल अधिकारी र होस्टेलका वार्डेन शर्मालाई पाँच-पाँच लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्