यस्तो छ तपाईंको आजको राशिफल



मेष : दिन राम्रो छ। यात्रा राम्रो हुनेछ। मिठो भोजन मिल्नेछ। साथीसँगको भेट रमाइलो हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। स्वास्थ्यमा समस्या भए सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दैनिकी राम्रो छ। भविष्यको योजना आफैले बनाउनुपर्ने दिन छ। प्रयास गरेको क्षेत्रबाट प्रतिफल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : समय राम्रो छ। परिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा उन्नति र सामाजिक क्षेत्रको सम्बन्ध सुधार हुनेछ। हल्लाका पछाडि नलाग्नु राम्रो हुन्छ।

कर्कट : समय सामान्य छ। स्वार्थ समूह सक्रिय भएकाले काम गर्दा सचेत हुनुपर्ने देखिन्छ। न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुखमय रहनेछ।

सिंह : दैनिकी राम्रो छ। आर्थिक अवस्था सुधार हुनेछ। सहयोग गर्ने साथी धेरै छन्। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्नेछ।

कन्या : आजको दिन राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। धेरै ग्रह सकारात्मक छन्। साथीभाइले साथ दिनेछन्। स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ।

तुला : दिन राम्रो छ। शिक्षा क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। कर्म क्षेत्रमा सन्तुष्टि मिल्नेछ। परिवारको सहमतिमा काम गर्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा सचेत हुनुपर्ने दिन छ।

वृश्चिक : दैनिकी राम्रो छ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट ठुलो फाइदा हुनेछ। गुमेको धन हात लाग्ने योग छ। शिक्षा क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध राम्रो रहने छ।

धनु : समय राम्रो छ। पुराना साथीको भलाकुसारीबाट दिन रमाइलो बन्नेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : समय सामान्य छ। सञ्चित धन खर्च हुने योग छ। लगानी गर्ने भए शिक्षा क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक रोजगारीमा उन्नति हुनेछ। परिवारमा भने आफ्नो अडानका कारण खटपटी हुनसक्ने जोखिम देखिन्छ।

कुम्भ : दिन राम्रो छ। बोलीमा नम्रता आवश्यक छ। आर्थिक लाभ हुनेछ। समाजले सम्मान गर्ने योग छ। शिवको भजन गरेमा परिवारमा खुशी मिल्नेछ।

मीन : दिन राम्रो छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए राम्रो हुनेछ। ठुलो खर्चबाट आफैं जोगिनु राम्रो हुन्छ। परिवारसँगको सम्बन्धमा विरोधका स्वर सुन्नुपर्ने बाध्यता हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्