कृष्णप्रसाद सिटौलाले गराए उम्मेदवारी दर्ता

0
Shares

विराटनगर ।

राष्ट्रिय सभाको निर्वाचनका लागि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले उम्मेदवारी दर्ता गराएका छन्। कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरमा पुगेर उनले सोमबार बिहान मनोनयनपत्र दर्ता गराएका हुन्।

उनको प्रस्तावकमा कोशी प्रदेशसभा सदस्य प्रदीप सुनुवार र समर्थकमा हिमाल कार्की छन्। सिटौला गत प्रतिनिधि सभा निर्वाचनमा राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका थिए।

उनीसँगै नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीले पनि मनोनयन दर्ता गराएकी छन्। सत्ता गठबन्धनले कोशी प्रदेशबाट खाली हुने राष्ट्रिय सभा सदस्यमा कांग्रेस र माओवादीले पाउने गरी भागबण्डा गरेको थियो।