एकीकृत समाजवादीले छान्यो राष्ट्रिय सभाका उम्मेदवार



काठमाडौं ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले उम्मेदवारको टुंगो लगाएको छ।

बागमती प्रदेशमा दलित क्लस्टर र कर्णाली प्रदेशमा महिला क्लस्टरमा उम्मेदवारी टुंगो लगाइएको हो। सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीको भागमा दुई सिट परेको थियो।

पार्टीले बागमतीको दलित कोटामा दोलखाका घनश्याम रिजाल विश्वकर्मा र कर्णालीको महिला कोटामा दैलेखकी सावित्री मल्ललाई उम्मेदवार बनाउने निर्णय गरेको एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डेले जानकारी दिए।

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ।

प्रतिक्रिया दिनुहोस्