आर्सनललाई हराउँदै लिभरपुल एफए कपको चौथो चरणमा



काठमाडौं ।

लिभरपुलले आर्सनललाई पराजित गर्दै एफए कपको चौथो चरणमा पुगेको छ। योसँगै आर्सनल एफए कपबाट बाहिरिएको छ।

गएराति सम्पन्न तेस्रो चरणको खेलमा लिभरपुलसँग २-० गोल अन्तरले पराजित भएपछि आर्सनल यस बर्षको एफए कपबाट बाहिरिएको हो। लिभरपुल भने यो जितपछि एफए कपको चौथो चरणमा पुगेको छ।

लिभरपुलको जितमा आर्सनलका जाकुब किवीओरले एक गोल आत्मघाती गोल गरेका थिए भने अर्को गोल लुइस डियाजले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्