एम्बाप्पेको ह्याट्रिकमा पिएसजी ९-० ले विजयी



काठमाडौं ।

पिएसजी यस सिजनको फ्रेन्च कपको राउण्ड ३२ मा पुगेको छ। गएराती सम्पन्न खेलमा पिएसजीले रेभेललाई ९-० गोल अन्तरले पराजित गर्दै फ्रेन्च कपको अर्को चरणमा पुगेको हो ।

पिएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए। त्यस्तै राण्डल कोलो मुआनीले २ गोल गरेका थिए भने मार्को असेन्सियो, गोन्कालो रामोस र चेर एनडोउरले एक एक गोल गरेका थिए। यस खेलमा रेभेलका म्याक्सेन्सले एक आत्मघाती गोल गरेका थिए।

प्रतिक्रिया दिनुहोस्