एम्पोलीमाथि एसी मिलान ३-० ले विजयी



काठमाडौं ।

इटालियन सिरी ए अन्तर्गत एसी मिलानले एम्पोलीमाथि सहज जित हासिल गरेको छ। आइतबार सम्पन्न खेलमा मिलानले एम्पोलीलाई ३-० गोल अन्तरले पराजित गरेको हो।

मिलानको जितमा रुबेन लोफ्टस चीक, ओलिभर गिराउड र चाका ट्राओरेले एक एक गोल गरेका थिए। यो जितसँगै मिलानको १९ खेलमा ३९ अङ्क भएको छ र लिगमा तेस्रो स्थानमा छ।

त्यस्तै एम्पोलीको भने यस हारपछि १९ खेलमा १३ अङ्क छ र लिगमा १९औँ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्