एनएसजेएफ स्पोर्ट्स अवार्ड माघमा



काठमाडौं ।

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको २०औं संस्करण आगामी माघ १२ गते हुने भएको छ।

अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार पत्रकार सम्मेलन आयोजना गर्दै पल्सरको आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनीसँग सम्झौता पनि भयो।

मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी(देवेन्द्र) र मुख्य प्रायोजक हंशराज हुलासचन्द कम्पनीका कार्यकारी निर्देशक अभिमन्यू गोल्छाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

२०६० सालदेखि हुँदै आएको नेपाली खेलकुदको लोकप्रिय अवार्डलाई गोल्छा ग्रुपले साथ दिएको यो लगातार १५औं वर्ष हो। सम्झौताअनुसार गोल्छा ग्रुपले यसपटक पाँचवटा बजाज पल्सरको एन सिरिजमोटर साइकल प्रदान गर्नेछ।

जसमा एन २५० दुईवटा र एन १६० तीनवटा मोटर साइकल रहेको छ। साथै गोल्छाले १२ लाख रुपैंया नगद पनि दिने उल्लेख गरेको छ।

पल्सर स्पोट्स अवार्ड नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीसहित प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने कार्यक्रम हो।

प्रतिक्रिया दिनुहोस्