रुस र युक्रेनको श्रम स्वीकृतिमा रोक



काठमाडौँ।

सरकारले युद्धग्रस्त मुलुक रसिया र युक्रेनमा नेपाली नागरिकलाई श्रम स्वीकृति दिन रोक लगाएको छ ।

रसिया–युक्रेनबीच जारी युद्धका लागि नेपाली नागरिकहरु रुसी सेनामा भर्ना भइरहेको भन्दै दुई देशमा श्रम स्वीकृति दिन बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागले सूचना जारी गर्दै यी दुई देशमा वैदेशिक रोजगारीका लागि दिंदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मलाई स्थगन गरिएको विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।

हालसम्म रुसी सेनमा गएर १० जना नेपालीको मृत्यु भएको छ भने रुसी सेनामा भर्ना भएका ४ जना नेपाली युक्रेनी सेनाको कब्जामा छन् ।

प्रतिक्रिया दिनुहोस्