एमाले अध्यक्ष केपी ओलीद्वारा निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन



रामेछाप ।

नेकपा एमालेलेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन गर्नुभएको छ ।

एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा रामेछाप पुग्नु भएका ओलीले रामेछापका मन्थली नगरपालिका–६ सेलघाट स्थित डाइभर्सन उद्गम बिन्दुमा भइरहेको निर्माण कार्यको अवलोकन गर्नुभएको हो । सो क्रममा ओलीले आयोजनाको प्रगति बारे जानकारी लिनुभएको थियो ।

ओली प्रधानमन्त्री हुँदो सो आयोजना सुरु भएको हो । एमाले नेतृत्व सरकारले सो आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रूपमा राखेको थियो । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोशी मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम उद्गम बिन्दु सुनकोशी नदी तर्फबाट धमाधम भइरहेको छ ।

सुनकोशी–मरिन डाइभर्सन आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये ९ दशमलव ७ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ । आयोजना अन्तर्गत सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज इञ्जिनियरिङ कम्पनीले लक्ष्यभन्दा बढी निर्माणको कार्य गरिरहेको छ भने बाँध निर्माणको कार्य पनि पटेल रमण जेभीले अघि बढाएको छ ।

सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले कुल रकम ४६ अरब रुपैयाँ विनियोजन गरेको मध्य चालु आर्थिक वर्षसम्म करिब ११ अरब खर्च भएको छ । सुरुङ निर्माण सँगसँगै आयोजनाको सुनकोशी नदीमा बाँध निर्माणको कार्य सुरु भएको छ । ३१ मेगावाट विद्युत् उत्पादनका निम्ति आवश्यक पूर्वाधार निर्माणका काम पनि सुरु भएका छन् ।
सुनकोशी नदीको पानी ६७ हजार लिटर प्रतिसेकेन्डका दरले मरिनमा झारिने छ । मरिण् खोलामा खसालिएको पानि वाग्मती नदी हुँदै वाग्मती सिँचाइ योजनाको पूर्वी तथा पश्चिम नहरबाट लगिने छ ।

सुनकोशी नदीमा १ सय ५८ मिटर लामो ब्यारेज, १ सय ५० मिटर लामो डिसेण्डिङ्ग बेसिन,टनेल इन्ट्री पोर्टल, ५दशमलब ५ मिटर व्यास भएको १३ ३ किमी लामो सुरुङ, सर्ज पण्ड स्विच यार्ड,३१ मेगावाट क्षमताको विद्युत् गृह, ४४ किलोमिटर लामो विद्युत् प्रसारण लाइन निर्माण गरिने छ ।,

सुनकोशी मरिण डाइभर्सन आयोजना सुनकोशी नदीको पानी बाग्मती नदीको सहायक नदी मरिण खोलामा स्थानान्तरण गरी रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरु, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा हुनुहुन्छ । बैतडीको झुलाघाटमबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्