यू-१९ एसिया कप : आज भारतको सामना गर्दै नेपाल 



काठमाडौं ।

एसीसी यू–१९ एसिया कप अन्तर्गत  आज नेपालले भारतको सामना गर्दै छ। यो खेल नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि सुरु हुने छ।

यस प्रतियोगितामा नेपालले आफ्ना सुरुका दुवै खेलमा हार बेहोरेको छ। नेपालले पहिलो खेलमा पाकिस्तानसँग ७ विकेटको हार बेहोरेको छ भने दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले हार बेहोरेको थियो।

त्यस्तै समूह ए मा रहेको भारतले भने २ मध्ये एक खेलमा जित हासिल गरेको छ एक खेलमा हार बेहोरेको छ। भारतले पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग ८ विकेटको हार बेहोरेको थियो।

त्यस्तै आज समूह ए अन्तर्गत पाकिस्तान र अफगानिस्तानबीच खेल हुँदै छ। यो खेलपनि नेपाली समय अनुसार बिहान ११:१५ बजेदेखि नै सुरु हुँदै छ।

समूह ए मा पाकिस्तानले २ खेलमा दुवै खेल जितेर ४ अङ्क हासिल गरेको छ भने भारत र अफगानिस्तानले २-२ खेलमा एक एक खेल जितेर २-२ अङ्क हासिल गर्दै दोस्रो र तेस्रो स्थानमा रहेका छन्। त्यस्तै नेपालले भने दुवै खेलमा हार बेहोरेर अङ्कविहीन रहेको छ।

प्रतिक्रिया दिनुहोस्