पहिचान गरौँ वास्तवमा हामी कति भाग्यशाली छौँ



तपाईँ अत्यन्तै भाग्यशाली हुनुहुन्छ– तपाईँलाई यो जीवन प्राप्त भएको छ । कतिपय मानिसले आपूmले आपूmलाई भाग्यमानी ठान्दैनन् । सबैभन्दा पहिला उनीहरू आफ्ना समस्याहरूलाई हेर्ने गर्छन् । आफ्ना अप्ठ्यारातिर ध्यान दिन्छन् अनि रातोदिन आफ्ना समस्याका बारेमा चिन्तन गरिरहन्छन् ।
धेरै समय पहिलाको कुरा हो । एकजना राजा थिए । एकदिन उनी उठेर झ्यालनिर गए ।

झ्याल खोलेपछि उनले देखे– एकजना मानिस तल उभिएका छन् । दुवैको आँखा जुध्यो अनि जो मानिस तल थिए तिनले राजालाई प्रणाम गरे । त्यसपछि राजा त्यहाँबाट बाहिर निस्के । त्यस दिन राजाको समय अत्यन्तै खराब भयो । उनको ढुकुटीको धेरै पैसा पनि रित्तियो । राजाका केही दरबारियाहरूले उनलाई हमला गर्ने कोशिश गरे । उनको पूरै दिन खराब वातावरणमै बित्यो । रात परेपछि राजालाई निकै रिस उठ्यो, उनले सोचे, ‘आजको दिन त यति नराम्रोसँग बित्यो । यतिका धेरै समस्यालाई मैले झेल्नुप¥यो । यसका पछि कुनै न कुनै कारण त अवश्य छ ।’

उनले सम्झे, ‘बिहानै जब म उठेको थिएँ, मैले झ्याल खोलेर हेर्दा एकजना व्यक्तिलाई तल उभिएको देखेको थिएँ ।’ राजाले तुरुन्तै ती व्यक्तिलाई आफ्नो सामुमा ल्याउन भनेर सबैतिर घोषणा गरिदिए । ती मानिसलाई खोजेर राजाकहाँ ल्याइयो । उनी एक गरिब ब्राह्मण थिए । राजाले उनलाई सोधे, ‘के तिमी आज बिहानै मैले देखेको मानिस हौ त ?’ उनले भने, ‘हजुर महाराज, बिहान–बिहानै मैले हजुरको दर्शन गरेको थिएँ ।’ राजाले भने, ‘ठीक छ ।’ उनले आफ्ना सिपाहीलाई सङ्केत गरेर भने, ‘यसको शिर छेदन गरिदेऊ । यसलाई हत्या गरिदेऊ ।’ ब्राह्मणले केही बुझ्न सकेनन् । उनले राजासँग सोधे, ‘महाराज ! कुन कुराका लागि तपाईँ मलाई यस्तो सजाय दिइरहनुभएको छ ?’

राजाले भने, ‘जब म बिहान उठेको थिएँ, सबै कुरा राम्रो थियो । त्यसपछि मैले झ्याल खोलेँ तब तिम्रै अनुहार हेर्नुप¥यो । त्यसैले मेरो पूरै दिन यति धेरै नराम्रो किसिमले बित्यो कि म के भनूँ ! यो सबै तिम्रो कारणले नै भएको हो । यदि मैले तिम्रो अनुहार हेर्नु नपरेको भए यो सबै व्यवधान व्यहोर्नुपर्ने थिएन ।’
ब्राह्मणले भने, ‘ठीक छ महाराज ! हजुरको जो आज्ञा ! तर, यसो सोच्नुहोस् त मेरो दिन कसरी बित्यो होला ! मेरो त शिर छेदन हुन लागिरहेको छ अनि यो यसकारणले कि मैले हजुरको अनुहार देखेको थिएँ । तपाईँले मेरो अनुहार देख्नुभयो, त्यो त भयो नै । तपाईँलाई केही समस्या भयो, तपाईँको पूरै दिन खराब भयो । तथापि, मैले तपाईँको अनुहार देखेँ त्यसकारण अहिले म मर्न लागिरहेको छु ।’

तब राजाको होस आयो, ‘धत् ! म कुन कुराका पछि लागिरहेको छु ! यो सबै अनावश्यक कुरा हो । यसका पछि लाग्नुहुँदैनथ्यो ।’ कोही आएर हामीलाई बताउँछ– तपाईँ वास्तवमा कति भाग्यशाली हुनुहुन्छ । मानिसहरू भन्ने गर्छन्, ‘जब हाम्रो यो हुनेछ, त्यो हुनेछ तब मात्रै हामीले आपूmले आपूmलाई भाग्यशाली ठान्नेछौँ ।’ हाम्रो जागिरमा बढुवा हुन्छ तर यस कारणले तपाईँ भाग्यशाली बन्न सक्नुहुन्न । किनभने, जुन जागिरमा तपाईँ पदोन्नति होओस् भन्ने चाहनुहुन्छ, एकदिन तपाईँले त्यही जागिरलाई छोड्नुपर्ने हुन्छ । त्यसलाई भनिन्छ, अवकाश । मानिसहरू भन्छन्, ‘मेरो व्यापार ठप्प भएको छ ।’ व्यापार त व्यापार नै हो । कहिले कसैको बढ्छ, कहिले कसैको बढ्छ । यी जति पनि कुराहरू छन् जुन कुरा भएका कारणले मानिसले आपूmले आपूmलाई भाग्यशाली ठान्दछन् । वास्तवमा त तपाईँ यस कारणले भाग्यशाली हुनुभएको होइन । तपाईँ यी कुरालाई आफ्नो बनाउन चाहनुहुन्छ, यी तपाईँका हुँदैनन् । यसैलाई माया भनिन्छ । अनि, मायाका कारणले तपाईँ हुनुभएको होइन ।

तपाईँ त यसकारण भाग्यशाली हुनुहुन्छ कि तपाईँलाई यो मानिसको शरीर प्राप्त भएको छ । तपाईँका इच्छा पूर्तिका लागि तपाईँलाई यो जीवन प्राप्त भएको होइन । यो जीवन त यसकारण प्राप्त भएको छ कि तपाईँ आनन्दमा रहेर यस जीवनलाई व्यतीत गर्न सक्नुहुन्छ । मानिसहरू आफ्नो इच्छा पूर्ति गर्नका लागि थाहा छैन कता–कता दौडिरहेका हुन्छन् अनि के काम गर्न बाँकी राख्छन् र ! सारा कार्यहरू गर्छन् । मानिसले के सोच्छ भने, यो मानिसको शरीर इच्छा पूर्तिको साधन हो । यो इच्छा पूर्ति गर्ने साधन होइन । जुन चीजको तपाईँलाई खोजी छ त्यो तपाईँभन्दा टाढा छैन । त्यो तपाईँसँगै छ । यसकारण तपाईँ भाग्यशाली हुनुहुन्छ ।

एउटा कथा छ । एकजना मानिस गइरहेका थिए । उनले एउटा काँचको टुक्रा फेला पारे । उनले सोचे– यो काँचको टुक्रो हो । यो कसैको खुट्टामा बिझ्यो भने त राम्रो हुँदैन । त्यसपछि उनले त्यसलाई त्यहाँबाट टिपेर फ्याँकिदिए । त्यतिखेर अर्का एकजना मानिस पनि आइरहेका थिए । उनले हेरे, त्यो त काँचको टुक्रो होइन, हीरा हो । उनले त्यो हीरालाई टिपेर आफ्नो गोजीमा राखे । पहिला व्यक्ति पनि राम्रो स्वभावका थिए, किनभने उनी मानिसको भलाइ चाहन्थे । यो काँचको टुक्राका कारणले कसैलाई घाइते नबनाओस् भन्ने उद्देश्यले उनले त्यो हीरालाई टिपेर फ्यालिदिएका हुन् । दोस्रा व्यक्ति आउँछन्, उनले पनि त्यो काँचको टुक्रोलाई देख्छन् तर उनले के देखे ? उनलाई थाहा थियो– त्यो काँचको टुक्रो होइन, त्यो त हीरा हो । त्यसैले त्यो हीरालाई आफ्नो गोजीमा हालेर लैजान्छन् ।

यसमा सबैभन्दा ठूलो कुरा के हो भने, एकजनालाई थाहा छ अनि अर्कोलाई थाहा छैन । जोसँग परीक्षण गर्ने ज्ञान थिएन, उनले त केवल एउटा मात्रै काम गरे । उनले काँचको टुक्रो ठानेर त्यसलाई बाटोबाट टिपेर फालिदिए । यदि दोस्रो व्यक्ति नै पहिला आएका भए पनि उनले देखेपछि उनलाई लाग्नेथ्यो– यो त हीरा हो । उनले त्यस्तै गरी टिपेर आफ्नो खल्तीमा राख्ने थिए तब पनि कसैलाई हानि–नोक्सानी हुँदैनथ्यो । त्यसैले उनले त्यो काँचको टुक्रालाई गोजीमा थन्क्याए । कुरा के हो भने, नोक्सान पु¥याउने वा राम्रो काम गर्ने भन्ने मात्रै होइन । पहिचान गर्ने, चिन्ने बारेको कुराचाहिँ हो ।

त्यसैले बुझ्नुपर्ने र पहिचान गर्नुपर्ने कुरा छ । के तपाईँलाई प्राप्त भएको यो शरीरका बारेमा थाहा छ, यो के हो ? यसबाट के सम्भव हुन्छ ! यसबाट तपाईँ आफ्नो जीवनमा त्यस चीजलाई अनुभव गर्न सक्नुहुन्छ, जुन सबैतिर छ । जुन तपाईँको हृदयमा पनि छ । त्यस चीजलाई तपाईँ अनुभव गर्न सक्नुहुन्छ । तिनको दर्शन गर्नु, तिनलाई अनुभव गर्नु त्यो काम त एउटै व्यक्तिले गर्न सक्छ जो वास्तवमा नै भाग्यशाली हुन्छ । ती सृष्टिकर्ता त यस हृदयमा छन् तर तिनलाई चिन्नेहरूचाहिँ एकदमै थोरै छन् ।

मानिसहरू आफ्ना समस्याका पछि दगुरिरहेका छन् । तिनले के कुरा बिर्सिए भने, एक न एकदिन हामीले यहाँबाट जानुपर्ने दिन आउनेछ । जबसम्म हामीलाई यो जीवन प्राप्त भएको छ, हामी त्यस चीजलाई बुझौँ, चिनौँ र पहिचान गरौँ वास्तवमा हामी कति भाग्यशाली छौँ । संसारले त भन्छ, ‘हाम्रा पनि केही आवश्यकता छन् ।’ अनि, हामी सबै तिनै आवश्यकता पूरा गर्न सधैँ केही न केही गरिरहन्छौँ । मानिसका जुन निजी आवश्यकता छन्, तिनलाई पूरा गर्न भने ऊ कहिल्यै पनि चिन्तित हुँदैन । समाजले हामीलाई भनिरहेका आवश्यकतालाई पूरा गर्नमा त मानिस निकै चिन्तित हुन्छन् । मानिसहरू अन्य थुप्रै आवश्यकतालाई पूरा गर्न तल्लीन हुन्छन् । तर, ‘यो मेरो जीवन हो, म जीवित छु, मेरो जीवनमा एक–एक श्वास आइरहेको छ, गइरहेको छ’ भनेर कहिल्यै सोच्दैनन् ।

एकदिन त यस्तो अवस्था पनि आउँछ, म जीवित रहँदिन । मलाई त्यो दिन कहिले आउँछ थाहा छैन तर एकदिन अवश्य आउँछ भन्नेचाहिँ थाहा छ । मेरा सबै इच्छा त कहिल्यै पनि पूरा हुँदैनन् । तर, जबसम्म म जीवित छु म आफ्नो वास्तविक आवश्यकतालाई त पूरा गर्दै जान सक्छु ! परमानन्दको सुखको अनुभव गर्नु, परम् शान्तिको अनुभव गर्नु नै वास्तविक आवश्यकता हो । यदि सबै चीजको अनुभव गरे पनि त्यो वास्तविक चीजको अनुभव गरेनौँ भने यो संसारमा खाली हात आएका थियौँ र खाली हात नै जानुपर्नेछ । त्यसैले आफ्नो जीवनमा वास्तविक सुखलाई अपनाउनुहोस् ।

जीवनमा हामीले अर्को कदम उठाएर टेक्नुभन्दा पहिला पछिल्लो कदमलाई छोड्नुपर्छ । सफलताको निर्माण हाम्रो अगाडि बढ्ने क्षमता तथा सिक्ने र विकसित हुने योग्यतामा निर्भर गर्दछ । अगाडि बढ्न र आपूmलाई विकसित तुल्याउनका निम्ति हामीले जीवनमा जुन ठीक छ, त्यसलाई ग्रहण गर्नुपर्दछ । स्वीकार गर्नुपर्दछ । जुन अनावश्यक छ, त्यसलाई पछाडि छोडिदिनुपर्छ । हामीले जति धेरै कुराहरूलाई यसो गर्दै जान्छौँ, त्यति नै धेरै सफलता प्राप्त हुनेछ । कुनै दिन हामी आफ्ना लागि आपूm नै सबैभन्दा ठूलो शत्रु बन्दछौँ ।

हामीले आफ्नो एउटा स्वभाव बनाएका छौँ– हामी चीजहरूलाई यथार्थमा भएजसरी स्वीकार गर्दैनौँ । बरु हरेक चीजलाई आफ्नै दृष्टिकोणद्वारा हेर्दछौँ । केही मानिसहरू मसँग सोध्नुहुन्छ, ‘के जीवनमा सबै कुरा भाग्यबाट तय हुँदैन त ? फेरि यसो हो भने र यदि सबै कुरा पूर्वनिर्धारित नै हुन्छ भने मसँग के उपाय रहला ?’ यदि तपाईँको भाग्यका तास पहिले नै फिटेर बाँडिसकिएको छ भने त तपाईँ निर्णय लिने व्यक्ति त होइन ! म उत्तर दिन्छु– होइन । यी कुराहरू भाग्यबाट तय हुँदैनन् । हाम्रो आफ्नो भ्रम, हाम्रा आफ्ना द्विविधाहरूले नै हामीलाई गलत विकल्पहरूलाई अपनाउनका लागि बाध्य तुल्याउँछन् । हाम्रो धेरैजसो दुःखको कारण पनि यही हो । तर, जब हामी यी विचारलाई छोडिदिन्छौँ तब हामी ती कुराहरूलाई जस्तो छ त्यही रूपमा देख्न थाल्ने छौँ । त्यसपछि हामीसँग सारा विकल्पहरू हुनेछन् ।

यदि हामीले जागृत हृदयबाट सोचविचार गरेर कुनै बाटोलाई चुन्छौँ भने अँध्यारोमा दियो बालेजस्तै हुन्छ । चाहे एउटा दियो जति नै सानो होओस् तर त्यो बलेपछि त्यसले वास्तविक चीजलाई देखाइदिन्छ । त्यसपछि हामीले देख्न थाल्छौँ । हामीले अँध्यारोमा देख्न नपाएका कुरालाई देख्न थाल्छौँ । सचेत भएर चुन्ने शक्ति तपाईँमा विकसित हुन्छ । त्यो तपाईँको आफ्नो दियो हो, जसले अँध्यारोलाई भगाउँछ ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।

प्रतिक्रिया दिनुहोस्