दाङमा बन्द कोठा भित्र दाजुभाइ मृत फेला



काठमाडौं ।

दाङको तुलसीपुर-६ गाइडहरमा एकैघरका दुई दाजुभाइ मृत फेला परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका १६ डोक्रेना घर भई तुलसीपुर  ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका सहोदर भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत अवस्थामा फेला परेको  प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार मृतकमध्ये कान्छा भाइ टेकबहादुरकी श्रीमतीले आँफू रुकुम पश्चिमस्थित माइती गएको हुँदा त्यहाँबाट नफर्किदासम्म ढोका नखोल्न आग्रह गरेको हुँदा प्रहरीले बाहिरबाटै सुरक्षा दिएको छ । प्रारम्भिक अनुसन्धानबाट दाजु भाइले बिषादी सेवन गरी आत्महत्या गरेको प्रहरीको आशंका छ ।

प्रतिक्रिया दिनुहोस्