एसीसी यू-१९ प्रिमियर कप- नेपालको लगातार दोस्रो जित



काठमाडौं । एसीसी यू-१९ प्रिमियर कपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा बहराइनलाई ७ विकेटले हराउँदै नेपालले दोस्रो जित निकालेको हो ।

बहराइनले दिएको ७८ रनको झिनो लक्ष्य नेपालले ११.४ ओभरमा ३ विकेट गुमाउँदै भेट्यो । एक समय २.३ ओभरमा ३-१० को अवस्थामा रहेको नेपालका लागि कप्तान देव खनाल र ओपनर अर्जुन कुमालले इनिङस् उकासेका थिए । चौथो विकेटका लागि कप्तान देव र अर्जुनले ६८ रनको अविजित साझेदारी गर्दै नेपाललाई सानदार जित दिलाए ।

अर्जुन र देव दुवैले समान ३२ रनको अविजित पारी खेले। ३१ बलको सामना गरेका अर्जुनले ५ चौका हाने । कप्तन देव खनालले २७ बलमा ४ चौका र १ छक्का हान्दै ३२ रनमा नटआउट रहे । त्यसअघि नेपालले तेस्रो ओभरको तेस्रो बलमा नै खेल जारी रहँदा नेपालले ३ विकेट गुमाएको हो। नेपालले पहिलो ओभरको तेस्रो र चौथो बलमा विकेट गुमाएको हो ।

नेपालले पहिलो ओभरको तेस्रो बलमा ओपनर दिपक बोहोरालाई शुन्य रनमा गुमाएको थियो । चौथो बलमा नै विकेट किपर उत्तम राङगु थापा मगर एलबीडब्लु धरापमा परे । दोस्रो ओभर सकिदा नेपालले २ विकेटको क्षतिमा १० रन बनाएको छ ।

तेस्रो ओभरको तेस्रो बलमा दिपक प्रसाद डुम्रे १ रनमा क्याच आउट भए । त्यसअघि मलेसियाको क्वालाम्पुरस्थित वायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको बहराइन ३७.५ ओभरमा ७७ रन बनाउँदा अलआउट भयो ।

बहराइनलाई कम स्कोरमा रोक्न घाटक बलिङ गरेका दिपेश कडेँल एक्लैले ६ विकेट लिए । ९.५ ओभर बलिङ गरेका दिपेशले ८ मेडन राख्दै मात्र ४ रन दिए । दुर्गेसले ८ ओभरमा १ मेडन राख्दै २२ रन दिएर ४ विकेट लिए । बहराइनका ब्याटरहरु नेपालका बलरसामु लामो समय क्रिजमा टिक्न सकेनन् ।

एक समय १०.५ ओभरमा १७–४ को अवस्थामा रहेको बहराइनका लागि पाचौँ विकेटका लागि मुहम्मद बसिल अअब्दुल हाकीम र अविनभ गिरिस वशिष्टले ४४ रनको साझेदार गर्दै इनिङस् उकासेका थिए ।

मुहम्मदले सर्वाधिक ३४ रन बनाउँदा दुर्गेशको बलमा बोल्ड आउट भए । समूह चरणको अन्तिम खेलमा नेपालले कार्तिक २ गते साउदी अरेबियासँग खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्