वायुसेवा निगमले १० वटा जहाज खरिद गर्ने, दशैंअघि नै प्रक्रिया शुरू



काठमाडौं । नेपाल वायुसेवा निगमले १० वटा जहाज खरिद गर्ने भएको छ ।

चालु आर्थिक वर्ष २०८०÷८१ मा वायुसेवा निगमले जहाजहरू खरिद गर्ने भएको हो ।

आज (आइतबार) संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किराँतीले मन्त्रीनिवास पुलचोकमा सत्तारूढ कांग्रेसनिकट विद्यार्थी संगठन (नेविसंघ)ले चाडबाडका बेलामा हुने भाडादरमा कालोबजारीलाई नियन्त्रण गर्न आग्रह गर्दै बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै यस्तो बताएका हुन् ।

मन्त्री किराँतीले नेपाल वायुसेवा निगमको जहाज थपेर भाडादरमा देखिएको विसंगतिलाई बजार हस्तक्षेप गर्नु नै एकमात्र विकल्प रहेको बताए ।

उनले १० वटासम्म जहाज नथपी पर्यटकहरू नेपाल नआउने समेत दाबी गरे । यसका लागि उनले औपचारिक रूपमा विमान खरिद प्रक्रिया अघि बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्