रास्वपा चितवन सभापति प्रभु साह नेतृत्वको पार्टीमा प्रवेश



काठमाडौं । रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चितवन पूर्वसभापति धर्मेन्द्र सापकोटाले बुधबार आम जनता पार्टीमा प्रवेश गरेका छन् ।

आजपाका अध्यक्ष प्रभु साहले उनलाई टीका र खादा लगाएर पार्टीमा स्वागत गरेको पार्टी कार्यालय सचिव बालकृष्ण सापकोटाले जानकारी दिए ।

उनका अनुसार चितवन जिल्ला भरतपुर निवासी सापकोटा विगत १५ बर्षदेखि विभिन्न टेलिभिजन सञ्चालक एवं व्यवस्थापक भएर काम गर्दै आएका छन् । उनी बौद्धिक व्यक्तित्वको रूपमा पनि परिचित छन् ।

पार्टी प्रवेश पश्चात् सापकोटाले भने– ‘देशको निकास रास्वपाबाट सम्भावना छैन । नयाँ पार्टीको नाउमा पुरानै पार्टीको शैली हाबी भएको देखेँ । सिद्धान्त–वादबिनाको पार्टीमा रहिरहनु उपयुक्त लागेन । प्रायजसो सामान्तहरूको हालीमुहाली भएको प्रष्ट छ । वादभन्दा व्यक्तिपरक पार्टीको गन्तव्य अनिश्चित हुन्छ । यसर्थ मैले रास्वपा परित्याग गरी आजपामा प्रवेश गरेको छु ।’

प्रतिक्रिया दिनुहोस्