सुन तस्करी राहुललगायतको मुद्दा दर्ता, ७ वर्ष कैद सजाय माग



काठमाडौं । भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल महराविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला अदालतमा हिजो (मंगलबार) महराविरुद्ध मुद्दा दर्ता भएको हो ।

प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले राहुल महरा भन्ने रेशम महरा, लोकेन्द्रकुमार पौडेल, बेल्जियन नागरिक दावा छिरिङ र निमा छिरिङविरुद्ध मुद्दा दर्ता गरेको हो ।

मुद्दा दर्ता भएकामध्ये निमा छिरिङ फरार छन् । प्रहरीले राहुल महरा लगायतका व्यक्तिहरुलाई भन्सार ऐन, २०६४ को दफा ५७ अनुसारको कसुरमा ३ देखि ५ वर्षसम्मको कैद र संगठित अपराधको कसुरमा त्यसको ५० प्रतिशत गरी अधिकतम साढे ७ वर्षको कैद सजायको मागदावी लिएको छ ।

प्रतिक्रिया दिनुहोस्