बीई स्नातक तहको प्रवेश परीक्षा स्थगित


काठमाडाैं ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) इन्जिनियरिङ संस्थानले प्रवेश परीक्षा स्थगित गरेको छ। असोज २२ गतेदेखि निर्धारण गरिएकाे प्रवेश परीक्षा  स्थगित गरिएकाे हाे ।

त्रिवि डीनको कार्यालयले बुधवार एक सूचना जारी गर्दै स्नातक तह (बी.ई.रबी.आर्क) को प्रवेश परीक्षा स्थगित गरेको हो ।

प्रवेश परीक्षा बोर्ड २०८०/०८१ का पदाधिकारीहरूले असोज १६ गते संयुक्त राजीनामा दिएको कारणले अर्को सूचना प्रकाशित नभएसम्मको लागि हाललाई प्रवेश परीक्षा स्थगन गरिएको डीनको कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।