यो सबै अन्तिम समयको तयारी हैन र ! : सुदर्शन थापा



निर्माणाधीन फिल्म मायावीमा अभिनेता अनमोल केसीले १० लाख रुपियाँ पेस्की लिएर पनि छायांकनमा जान नमानेपछिको विवादमा त्यस फिल्मका निर्देशक सुदर्शन थापाले नयाँ खुलासा गरेका छन्।

 

थापाले बेतुकका तर्क गरेर पीडामाथि पीडा नदिन तथा सके सहयोग गर्न र नसके थप विक्षिप्त नबनाउन आग्रह गर्दै फिल्म निर्माणका क्रममा अनमोलसँग भएका छलफल र प्रमाण सामाजिक सञ्जाल फेसबुकमार्पmत सार्वजनिक गरेका हुन्। ‘सबैले बलेकै आगो ताप्छन्, त्यो थाहा छ र पनि स्वतन्त्र न्यायका लागि लड्न किन नपाउने? के न्याय माग्न प्राण नै त्याग गर्नुपर्ने हो र? आर्थिक क्षति पनि आप्mनै, बेइज्जती पनि आप्mनै अनि न्याय माग्न पनि नपाउनु? कुनै बाध्यता नभई दूधे बच्चा छोडेर न्यायालय धाउन कहाँ सहज छ र हजुर ? कुनै मुर्गा फसाएर, कालो धनलाई सेतो बनाउने योजना होइन। यो ऋणधन र छाक कटाएर गरिएको आप्mनो व्यावसायिक निरन्तरता हो। पहुँच छ भन्दैमा जे मन लाग्यो त्यही भनेर अरुको व्यावसायिक जीवनमा धक्का पु¥याउने काम क्षमायोग्य हुन सक्दैन कि?’ निर्माता निर्देशक थापाले लामो स्ट्याटस लेख्दै भनेका छन् ‘रावायण चलचित्र निर्माण टिमलाई चलचित्र गर्छु भनी मौखिक र व्यावहारिक सहमति गरेर तीन महिनाअघि नै चेक लिएर स्क्रिप्टमा यसो गरौं, गीत यसरी गरौं भन्दै निरन्तर सल्लाह सुझाव दिँदै कागजी सहमति गरौं भन्दा जहिले गर्दा पनि हुन्छ भनेर मीठो बोलीमा फसाउने नियत स्पष्ट रहेछ। तर, हाम्रो सोझोपना र इमानदारिताले त्यो आत्मीयतामा सधैं अन्धो विश्वास गरिरह्यो। सुटिङलाई चाहिने ड्रेस घरमै नाप्नुभयो, कपालको नाप दिन आफंै जानुभयो। यी सबै चाहिने आवश्यक सामान पनि तयार भए। अनि आफू तयार भएको र जतिसक्दो छिटो स्पटमा जाऊँ, त्यहाँको वातावरणले अझै क्यारेक्टरमा सजिलो हुन्छ भनेर अफिसबाट छुटेको मान्छे भोलिपल्ट अचानक फोन गरेर आफूले त्यसको भूमिका निभाउन नसक्ने र तयारीका लागि अनिश्चित समय माग्ने अनि बाहिर गएर रावायण चलचित्र साइन नै गरेको छैन मलाई केही फरक पर्दैन भन्दै हि“ड्ने। के कानुनी सम्झौता नै नगरेपछि जे गर्दा पनि हुने? अनि छलफलका लागि अफिस आउनुहोस् भनेर पत्रसमेत काट्दा वकिलको भाषामा अब छलफल गर्नुपर्ने औचित्य नै सकिएको भनेर रवाफपूर्ण जवाफ पठाउन, टेलिफोन सम्पर्कमा निर्मातालाई म चिन्दिनँ तपाईं को हो? केका लागि १० लाखको चेक दिनुभएको भनेर संवेदनाहीन तर्कसमेत दिएपछि कानुनी बाटो रोज्न बाध्य भएको हुँ।’

थापाले अगाडि लेखेका छन् ‘त्यसपछि उनलाई पटक–पटक सम्पर्क गरी प्रहरीले कार्यालयमा छलफलका लागि उपस्थित हुन बोलाए पनि अटेरी गर्दै शक्तिको आडमा बसेर आफैं मिलाउने र त्यहाँ उपस्थित हुनुपर्ने आवश्यकता नभएको जस्ता जवाफसमेत फर्काएका थिए। प्रहरी कार्यालयबाट पनि यो विवाद समाधान नहुने भएपछि उहाँको नाममा पक्राउ पुर्जी जारी भएको थियो। सोही पक्राउ पुर्जीअनुसार उनलाई पक्राउ गरिएको हो। उनले निर्माण टिमलाई दिएको अन्तिम समयको निर्णयले आफू कानुनी कारबाहीमा पर्ने संकेत पाएपछि आप्mनो बचाउ गर्दै सामाजिक सञ्जाल तथा केही सञ्चार माध्यममा केही दिनअघि नै आफू कसैको दबाबमा र पूर्ण रूपमा स्क्रिप्टमा चित्त नबुझेसम्म काम नगर्नेजस्ता तथ्यहीन अभिव्यक्ति पनि दिएका थिए। हुँदा–हुँदा उनकै टिमसँग अन्तिम स्क्रिप्ट छलफलमा बसेको कुरालाई चियाकफी खाएको फोटो होसम्म भन्न भ्याए। के नगरकोटमा तीन दिन बसेर चिया कफी नै पिएका हुन् त? यति मात्रै होइन, उनले आप्mनो बचाउमा के सम्म गरेनन्? पक्राउ पुर्जी जारी हुन्छ भनेर निर्माण टिम र प्रहरीलाई विपक्षी बनाउँदै अदालतमा पक्राउ पुर्जी जारी नगर्न रिट निवेदन दिई निर्माता म स्वयंलाई कागजात वाट्सएपमा पठाएर मानसिक दबाब दिएका थिए। विभिन्न संघ–संस्था पनि छन् रे, तर आजसम्म के हो समस्या, के छ भनेर एक कल फोनसम्म आएको छैन।

‘यो सबै अन्तिम समयको तयारी हैन र? सम्बन्धित विषयका तस्वीरहरू’ लेख्दै सुदर्शनले फिल्मको तयारीको सिलसिलामा अनमोलसँग आप्mनो फिल्म निर्माण संस्थाको कार्यालय र कार्यालय बाहिर भएको छलफल, भेटघाटजस्ता विभिन्न गतिविधिका साथमा उनीसँग ह्वाट्सएपको च्याटमा भएका कुराकानीसमेत फेसबुकमा सेयर गरेका छन्। यो समाचार तयार पार्दासम्म अनमोलले सुदर्शनले सार्वजनिक गरेको विषयमा प्रतिक्रिया जनाएका छैनन्।

आर्थिक आपराधिक विश्वासघातको आरोपमा गत शुक्रबार पक्राउ परेका अभिनेता केसीलाई जिल्ला अदालत काठमाडौंले आइतबार अनुसन्धानका लागि म्याद थप नगरेपछि प्रहरीले आइतबार राति नै घर जान दिएको थियो। न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले पक्राउ परेको दिनबाट तीन दिन (आइतबार राति) सम्म मात्र हिरासतमा राख्ने अनुमति दिई म्याद थप नगरेपछि प्रहरीले अनमोललाई आइतबार राति नै घर पठाएको हो। फिल्ममा खेल्नका पेस्कीवापत १० लाख रुपियाँ लिए पनि छायांकनमा सहभागी हुन नमानी आपराधिक विश्वासघात गरेको भन्दै सो फिल्मको निर्माण संस्थाका तर्फबाट निर्देशक सुदर्शन थापा पत्नी तथा निर्मात्री चन्द्रकला (सुप्रिया) कटुवालले गत ७ गते अनमोलविरुद्ध जाहेरी दिएपछि प्रहरीले गत शुक्रबार उनलाई पक्राउ गरेको थियो। पक्राउ परेपछि अनमोल बिसन्चो भएको भन्दै शुक्रबार राति नै वसुन्धरास्थित चिरायु अस्पतालमा भर्ना भएका थिए।

प्रतिक्रिया दिनुहोस्