काठमाडौँ महानगरले भन्यो- आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही हुन्छ



काठमाडौँ।

काठमाडौं महानगरापलिकाले सरकारी विद्यालयका शिक्षकहरूले शिक्षक आन्दोलनका नाममा विद्यालय बन्द गरे कारबाही गर्ने भएको छ।देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने भनी विभिन्न संचारमध्यममा आएको समाचार र प्रेस विज्ञप्तिप्रति महानगरपालिकाले ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा आजदेखि काठमाडौँ केन्द्रित आन्दोलन भइरहेका बेला महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या पारेको खण्डमा त्यस्ता शिक्षकहरूमाथि कारबाही गर्ने जनाएको हो ।

‘शिक्षकका पेसागत/वृत्ति विकासका लागि माग राख्ने र पूरा गर्ने विधि एवम् प्रक्रियाको मार्ग प्रशस्त हुँदाहुँदै विद्यालय शान्तिक्षेत्र र प्रचलित कानुन विपरीत हुने विद्यालय बन्द नगर्न अनुरोध गर्दै काठमाडौं महानगरपालिकाभित्रका विद्यालय बन्द गरेमा वा बन्द गर्न बाध्य गरेमा वा पठनपाठन बन्द गरी विद्यार्थीको नियमित अध्ययन गर्न पाउने अधिकारको हनन् गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारवाही हुने र यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने व्यहोरा जानकारीका लागि निर्देशानुसार अनुरोध छ ।’ महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

 

 

प्रतिक्रिया दिनुहोस्