शिक्षातर्फको पदक वितरण रोकियो



काठमाडौं।

शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले यो वर्षको शिक्षा दिवसको दिन पदक वितरण नगर्ने भएको जनाएको छ । सरकारले भोली शिक्षा दिवस मनाउँदैछ । ढिलो गरी बजेट आएको र पदक निर्माण र व्यवस्थापन गर्न बजेट अपुग भएकोले यो वर्ष पदक वितरण कार्य स्थगित भएको हो ।

शिक्षा दिवस मनाउने विषयामा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा शिक्षा सचिव सुरेश अधिकारीले ढिलो गरी बजेट आएको र पदक निर्माण गर्न समय अपुग भएकोले यो वर्ष पदक वितरण कार्य स्थगित गरेको जानकारी दिनुभयो ।

पदक निर्माण गरी वितरण गर्न करिब ५ करोड बजेट आवश्यक पर्छ । उक्त बजेटमध्य अर्थमन्त्रालयले ४ करोड विनीयोजन गरेको थियो –सचिव अधिकारीले भन्नुभयो । उहाले बजेट अभाव र पदक निर्माण गर्न समय अभाव भएकोले केही महिना ढिलो हुने देखिएको बताउनुभयो । टक्सार विभाग र घरेलु उद्योगले मात्र पदक निर्माण गर्ने भएपछि समय नपुगेर रोकेको मन्त्रालयको भनाई छ । विद्याभुषण लगायतका पदक राष्ट्रपतिले प्रदान गर्ने प्रचलन छ ।

शिक्षा क्षेत्रमा दिने पदकहरु त्यार गर्न करिब ३ महिना लाग्छ, मन्त्रालयले अर्थबाथ थप बजेट आएपछि पदक निर्माण शुरु गर्ने र यो वर्षभित्र विशेष अवसर खोजेर पदक वितरण गर्ने जनाएको छ । यो वर्ष ९ सय ६२ जनाले पदक पाउदैछन् । ती मध्य ७ सय ९० जनाले नेपाल विद्याभुषण ‘क’, ७१ जनाले नेपाल विद्याभुषण ‘ख’, ४४ जनाले नृपाल विद्याभुषण ‘ग’, २८ जनाले नेपाल छात्रा विद्या पदक‘क’, १८ जनाले नेपाल छात्रा विद्यापदक , १८ जनाले नेपाल छात्रा विद्यापदक , १८ जनाले नेपाल छात्रा विद्यापदक‘ख’ र ११ जनाले नेपाल प्रबिधि विद्याभुषण पाउनेछन् ।

यो वर्षको शिक्षा दिवसमा सार्वजनिक र निजी विद्यालय, क्याम्पस र प्राविधिक शिक्षालयलाई पहिलो दोस्रो र तेस्रो पुरस्कार शिल्ड र प्रमाणपत्र दिने कार्यक्रम रहेको छ । मन्त्रालयले प्रदेश अन्तर्गत उत्कृष्ठ विद्यालयको पुरस्कार रद्द गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले प्रथम हुनेलाई ३ लाख, द्धितियलाई २ र तृतियलाई १ लाख रुपिया पाउने बताउनुभयो । यो वर्षको शिक्षा दिवस मुल समारोहको नेपाल शिक्षक महासंघले वहिष्कार गरेको छ । मन्त्रालयका सचिव अधिकारीले वार्ताबाट समस्या समाधान गर्न तयार रहेको बताउदै मुल कार्यक्रमलाई वहिष्कार नगर्न अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्